सेन्चुरियन– भारतीय कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा २१ औं शतक प्रहार गरेका छन्। कोहलीले सोमबार सन्चुरियनमा भएको दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टमा शतक प्रहार गरेका हुन्।
समग्रमा भने कोहलीको यो ५३ औं अन्तर्राष्ट्रिय शतक हो। कोहलीले एकदिवसीय खेलमा ३२ शतक प्रहार गरिसकेका छन्।
कोहलीको शतकसँगै भारतले पहिलो इनिङमा खेलमा फर्कन संघर्षरत छन्। कोहलीले शतक प्रहार गरे लगत्तै हार्दिक पाण्ड्या १५ रनमा रनआउटको सिकार बनेका थिए। अहिले कोहलीलाई रविचन्द्रन आश्विनले साथ दिइरहेका छन्।
पहिलो इनिङमा घरेलु टिम दक्षिण अफ्रिकाले ३ सय ३५ रन बनाएपछि भारत अहिले जवाफि ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।