काठमाडौं- अञ्जु पन्तको स्वर रहेको गीत 'मन हुनेको बजार सस्तो'मा स्वस्तिका सिंह र सुशान्त कार्कीले जोडी बाँधेका छन्।
सूर्य न्यौपानेले लेखेको गीतको संगीत श्रीकृष्ण बम मल्लले गरेका हुन्। गीतको म्युजिक भिडियो युट्युबमार्फत आज सार्वजनिक भएको हो।
दीपक लिम्बूले गाएको 'सुसेलेर बोलाउने' गीतबाट अभिनय यात्रा सुरु गरेकी कलाकार स्वस्तिकाले आफ्नै आवाजमा समेत गीत रेकर्ड गराइसकेकी छिन्।
दिनेश सिंह ठकुरीले निर्देशन गरेको भिडियोलाई विनोद सापकोटाले छायांकन गरेका हुन्। आशिष म्युजिक प्रालिले भिडियोलाई बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।