मेलवर्न– अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा गत वर्षकी उपविजेता अमेरिकी खेलाडी भेनस विलियम्स पहिलो खेलमै स्तब्ध बनेको छिन्।
उनलाई २० वर्षीया स्विस सुन्दरी बेलिन्डा बेनकिकले पहिला एकलअन्तर्गत पहिलो खेलमै ३७ वर्षीया भेनसलाई पराजित गरेकी हुन्। बेलिन्डा ७८ वरीयताकी खेलाडी हुन्छन्। बेलिन्डाले पाँचौ वरीयताकी भेनसलाई ६–३ र ७–५ ले पराजित गर्दै दोस्रो स्थानमा स्थान पक्का गरिन्।
गत वर्षको फाइनलमा भेनस आफ्नै बिहिनी सेरेनासँग पराजित हुँदा उपविजेतामै सीमित बनेका छन्। चार महिनाअघि आमा बनेको सेरेनाले प्रतियोगितामा भाग लिएकी छैनन्।
अर्की अमेरिकी सालोनी स्टोफिन्स पनि पहिलो खेलमै पराजित भएकी छन्। युएस ओपन विजेता स्टोफिन्सलाई चीनकी झाङ सुआइले २–६, ७–२ र ६–२ ले पराजित गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।