काठमाडौं- थाइल्यान्डमा भइरहेको खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजी लाइट फाइटमा नेपालका सुशील थापा पाकिस्तानी खेलाडी इर्द उल्लाईलाई पराजित गदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
नेपाल आर्मीका मुक्केबाज सुशीलले पाकिस्तानी मुक्केवाज इर्दलाई दोश्रो चरणको दोश्रो मिनेटमा आरएससीको आधारमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।
सुशीलले दोश्रो चरणको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउन्टमा परेका थिए। लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाईलाई एकै चरणमा तीन पटक काउन्टको धरापमा पारेका थिए। अन्तर्राष्ट्रिय बक्सिङ संघको नियम अनुसार एउटै राउन्डमा तीन पटक काउन्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस् भनि रेफ्रीले खेल रोक्दै विपक्षलाई विजयी गराउने नियम छ।
नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले गएको दुई हप्तादेखि ७ महिला र १० पुरुषलाई थाइल्यान्डमा वैदेशिक प्रशिक्षणमा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।