काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाेस्राेपटक संसदीय समिति बैठकमा सहभागी भएका छन्।
संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा सहभागि भएका सभापति देउवा बैठकमा सहभागि भए पनि केही पनि नबाेली फर्किएका छन्।
आजको बैठकमा सरकारले संसद्मा दर्ता गराएको 'विज्ञापन विधेयक'माथिको छलफल भइरहेको थियो।
देउवा संसदीय समिति बैठकमा निकै कम सहभागी हुने शीर्ष नेताहरु मध्ये पर्दछन्। शिर्ष नेताहरू सामान्यतया समितिकाे छलफलमा भाग लिइरहेका छैनन्। तर, सोही समितिकै सदस्य रहेका नेकपा नेता झलनाथ खनाल भने नियमितजसाे बैठकमा उपस्थित हुने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।