पेरिस- फ्रेन्च लिग वानमा एक रेफ्रीले खेलाडीलाई लात्ता हानेर लडाएपछि रातो कार्ड देखाएका छन्।
लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र नेन्टेजबीचको खेलमा रेफ्री टोनी चापरोनले यस्तो हर्कत देखाएका हुन्। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पिएसजीले बल अघि बढारहेको बेला डिफेन्डर डिएगो कार्लोसले अन्जानमा रेफ्री टोनीलाई धक्का दिन पुगेका थिए। तर रेफ्री टोनी आक्रोशित बन्दै ब्राजिलियन डिफेन्डर कार्लोसलाई लात्ताले हानेर लडाए। लगत्तै उनले दोस्रो कार्ड देखाउँदै डिफेन्डर कार्लोसलाई मैदानबाहिर पठाए।
खेलमा पिएसजीले १-० को जित निकाल्यो। पिएसजीको जितमा एन्जेल डि मारियले खेलको १२ मिनेटमा गोल गरेका थिए।
खेलपछि नान्टेजका अध्यक्ष वाल्डेमार किटाले रेफ्रीमाथि ६ महिनाको प्रतिबन्ध लगाउन माग गरेका छन्। उनले खेलाडीले रेफ्रीप्रति कुनै दुराग्रह नराखे पनि रेफ्रीले खेलाडीप्रति दुराग्रह राखेको दाबी गरे।
भिडियो :
:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।