म्याड्रिड- स्पेनिस ला लिगामा बार्सिलोनाले २-० गोलले पछि परेको नजिता उल्टाउदै जित हात पारेको छ। बार्सिलोनाले सोमबार विहान सकिएको खेलमा रियल सोसिडाडलाई ४-२ गोलले पराजित गरेको हो।
खेलको एघरौं मिनेटमा डा सिल्भाले गोल गरेर सोसिडाडलाई अग्रता दिलाए। ३४ मिनेटमा जुआमीले गोल गरेपछि सोसिडाड २-० ले अघि बढ्यो। ३९ मिनेटमा पाउलिन्होले गोल गर्दै सोसिडाडको अग्रता २-१ मा झारे।
दोस्रो हाफमा लयमा फर्किएको बार्सिलोनाका लागि लुइस सुआरेजले ५० मिनेटमा बराबरी गोल फर्काए। ७१ मिनेटमा सुआरेजले अर्को गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता लियो। खेल सकिन ५ मिनेट बाँकी छदा लिओनल मेसीले बार्सिलोनाका लागि चौथो गोल गरेका थिए।
लिगको शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५१ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४२ र तेस्रो स्थानको भ्यालेन्सियाको ४० अंक छ। १ खेल कम खेलको साविक विजेता रियल म्याड्रिडको ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।