सेन्चुरियन- दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टमा पहिलो इनिङमा भारत दोस्रो दिनको खेल सकिदा १ सय ५२ रनले पछि परेको छ। भारतले दोस्रो दिनको खेल सकिदा ५ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको छ। भारतका कप्तान विराट कोहली ८५ रन बनाएर खेलिरहेका छन्। कोहलीले दिनको खेल सकिदा १ सय ३० बल खेल्दा ८ चौका प्रहार गरेका छन्। हार्दिक पाण्ड्याले पनि कोहलीलाई साथ दिइरहेका छन्। उनले ११ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि ओपनर मुरली विजयी ४६ रन र उनका ओपनिङ पार्टनर लोकेश राहुल १० रनमै पेभेलियन फर्के। चेतेश्वर पुजारा शून्य रनमा रनआउटको शिकार बन्दा रोहित शर्माले १० रन भन्दा बढी जोड्न सकेनन्। पार्थिव पटेल पनि १९ रनमै आउट भएका थिए।
दोस्रो दिनमै दक्षिण अफ्रिका ३ सय ३५ रनमा अलआउट भयो। दोस्रो दिन दक्षिण अफ्रिकाका कप्तान फाप डु फ्लेसिस ६३ रनमा आउट भए। केशव महाराज १८ रनमा पेभेलियन फर्कदा कागिसो राबाडाले ११ रन जोडे। ओपनर डिन एल्गर ३१ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर एइडिन मकरमले ९४ रन जोडे। मकरमले १ सय ५० बल खेलेर १५ चौका प्रहार गरे। दुवै ओपरलाई भारतका स्पिनर रविचन्द्रन आश्विनले सिकार बनाए। दक्षिण अफ्रिकाका लागि हसिम अम्लाले ८२ रन जोडे। हार्दिक पाण्ड्याबाट रनआउटको सिकार हुनुअघि अम्लाले १ सय ५३ बलमा १४ चौका हिर्काए। एबी डिभिलियर्स २० रनमा आउट भए। क्वान्टन डे कक र भेर्नोन फिलान्डर शून्य रनमा आउट भए।
बलिङतर्फ आश्विनले ३ विकेट लिए। उनले दुवै ओपनर र डे ककलाई सिकार बनाए। इशान्त शर्माले १ विकेट लिन सफल भए। इशान्तले डिभिलियर्सलाई बोल्ड गरे। हार्दिक पाण्ड्याले २ जनालाई रनआउटको बनाए।
तीन टेस्टको सिरिजको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७२ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।