काठमाडौँ - भ्रष्टाचार मुद्दामा केन्यका अर्थमन्त्री पक्राउ परेका छन् । अर्थमन्त्री हेनरी रोटिचसहित २७ उच्च सरकारी अधिकारीलाई पनि पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ।
करोडौं डलरका दुई बाँध निर्माण गर्ने आयोजनामा भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अर्थमन्त्री रोटिचसहित उनका मुख्य सचिव र केन्याको वातावरणीय प्राधिकरणका प्रमुख कार्यकारी छन् । केन्यामा मुख्य अभियोजनकर्ताले पक्राउका लागि आदेश दिएको केही घण्टामै उनीहलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।