काठमाडौं- पार्श्व गायनमा स्थापित मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
गायक तथा संगीतकार दीपेन्द्र थिङको संगीतमा नयाँ गीत 'दिलमा सजाउला' सार्वजनिक भएको हो। दीपेन्द्र खड्का लिखित रोमान्टिक शब्दहरुले भरिएको गीतमा मेलिनासँगै सुमन केसीको स्वर छ।
संगीतकारको रुपमा स्थापित हुने क्रममा रहेका थिङले यस गीतबाट दर्शक-श्रोताको माया पाउने विश्वास लिएका छन्।
गीतको भिडियोमा मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अनस्क्रिन रोमान्स देख्न सकिन्छ। कुलेखानीमा खिचिएको भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।