काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको खोक्रो राष्ट्रवादले देशको सार्वभौमिकता र राष्ट्रियता माथी खतरा बढेको बताएका छन्।
सरकारका हरेक गतिविधिले अन्तरार्ष्ट्रिय तहमा देशको छवि धमिलिँदै गएको उनले आरोप लगाए। उनले प्रश्न गरे, ‘हाम्रो कुनै सम्बन्ध नरहेको भेनेजुएलाका राष्ट्रपतीका छोरा र मन्त्रीहरुलाई बोलाएर कम्युनिष्ट नेताहरुले के गर्न खोजेको?’
उनलाई किन बोलाइएको बारे सार्वजनिक नभएको प्रति आपत्ति प्रकट गर्दै भने, ‘किन बोलाइयो उनलाई? यसले नेपालको छवि कहाँ पुग्छ? अन्तर्राष्ट्रिय स्तरमा के सन्देश जान्छ?’ उक्त टोलीको भ्रमण पछि अमेरिका सशंकित भएको कोइरालाको दाबी छ।
३७औं बिपी स्मृतिमा नेपाली कांग्रेस स्याङ्जाले वालिङ्मा गरेको कार्यक्रममा सरकारले ल्याएका बिधेयकहरुले लोकतन्त्र गुम्ने आशंका पैदा भएको उनको दाबी थियो। समृद्धिका नाममा सरकारले हावादारी सपना बाँडेर जनतालाई झुटको जालोमा पारेको आरोप लगाए।
संशोधित कांग्रेस नियमावलीले पार्टीको झझल्को दिएको बताए। गरिबको पनि पार्टी हो भन्ने कुरा बिर्सेर अव्यवहारिक ढंगले लेबी ल्याइएको बताए। उनले भने, ‘गरिब व्यक्ति अब कांग्रेस बन्न नपाउने हो?’
बिपि कोइरालाले जन्माएको पार्टीलाई सभापति शेर बहादुर देउवाले गुटमा चलाएर कमजोर बनाएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।