• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विश्वबन्धु थापाको संस्मरण : राजा महेन्द्रले कहिल्यै बिपीको खिलाफ कुरा गरेनन् [भिडियो]

64x64
पुष्पा केसी सोमबार, साउन ६, २०७६  १९:४२
1140x725

म बाल्यकालदेखि नै बिपीसँगै हुर्कें। उहाँकै घरमा। चार-पाँच क्लास पढ्दै थिएँ। बिपी भारत बस्नुहुन्थ्यो। त्यतिबेला उहाँ घर आउनुभयो। गोरो, अग्लो मान्छे, राम्रो पनि। मेरो किताबमा कुल्चेर जानुभयो। 

मैले 'सान्दाजु किताब ढोग्नुहोस्' भनेँ। उहाँले 'किन ढोग्ने?' भन्नुभयो। 

'किताब कुल्चनुहुन्छ? हामी त ढोग्छौं,' मैले भनेँ। उहाँले ढोग्नुभएन। सान्दाजु त किताबभन्दा पनि ठूलो मान्छे हुनुहुँदो रहेछ भन्ने बाल्यकालदेखि नै प्रभाव पर्‍यो। 

म पनि पछि पढ्न बनारस गएँ। मनमोहन लगायत कम्युनिस्ट नेताले मलाई कम्युनिस्ट बनाउन खोज्नुभयो। मनमोहन बिपीका भान्जादाइका छोरा। त्यही नाताले हामी उहाँलाई भान्दाइ नै भन्थ्यौं। उहाँसँग म नजिकै थिए। उहाँ त कम्युनिस्ट पार्टीको मेम्बर। म विद्यार्थी थिएँ। 

मलाई लिएर मनमोहन कम्युनिस्ट पार्टीको अफिसमा पुग्नुभयो। त्यहाँबाट मलाई सेरियाना जाउँ भन्नुभयो। म गएँ। त्यसपछि अल्लाहवाद, गोरखपुर, लखनऊ गएँ। मनमोहनलाई आएर भनेँ, ‘भान्दाइ, तपाईंको कम्युनिस्ट पार्टी त बदमास रहेछ। अगाडि एउटा कुरा गर्ने। पछाडि अर्को कुरा गर्ने। चुरोट पनि खाने, रक्सी पनि खाने। म त हैरान भएँ उनीहरुसँग।’ त्यसपछि मनमोहनले छोड्दे न त्यस्ता कुरा भन्नुभयो। 

केही दिनपछि बिपीसँग मेरो पटनामा भेट भयो। उहाँ त्यहीँ बस्नुहुन्थ्यो। बिपीले मलाई सोध्नुभयो, ‘के गर्दैछस्?’ 

मैले कम्युनिस्ट पार्टीका मान्छेलाई भेटेको र मनमोहनसँगका सबै कुरा भनिदिएँ, ‘भान्दाइ त कम्युनिस्ट पार्टीको मेम्बर बन भन्नुहुन्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

बिपी त समाजवादी, अब कम्युनिस्ट हुन्छ कि भन्ने लागेछ। तत्कालै, कहाँ, कतिमा पढ्छस् भन्नुभयो। बनारस हिन्दु विश्वविद्यालयमा बिएमा पढ्छु भनेँ। विश्वविद्यालयका समाजवादी विद्यार्थी नेता र भाइस चान्सलर आचार्य नरेन्द्रदेव दुवैसँग बिपीको दोस्ती रहेछ। बिपीले दुवैलाई पत्र पनि लेखिदिनुभयो। उनीहरुले मलाई सोसियलिस्ट सेलमा जाऊ भने। म जयप्रकाशको सेलमा गएर काम गर्न थालेँ। 

OOO

२०१५ सालमा जब पहिलो संसदीय निर्वाचन भयो। म पनि उम्मेदवार बनेँ। चितवनबाट विजयी भएँ। देशका लागि नै पहिलो संसद, मानिसलाई कसरी संसद चलाउँछन् भन्ने थियो। नेपाली कांग्रेसको म प्रमुख सचेतक थिएँ। १ सय ९ मा हाम्रो ७४ सिट आएको थियो। पहिले त ७२ थियो। पछि गोर्खा परिषद्का दुई सांसद आएपछि ७४ भयो। हामीसँग दुई तिहाइ बहुमत थियो। गोर्खा परिषद् प्रतिपक्ष थियो। 

प्रमुख सचेतक नेताले चुन्ने हो। बिपी कोइरालाले मलाई चुन्नुभयो। प्रमुख सचेतकको काम भनेको सांसदलाई विषयसूचीको ज्ञान दिने र उनीहरुलाई अहिले के भइरहेको छ भनेर सिकाउने काम हुन्छ। त्यो मैले गरेँ। 

OOO

निर्वाचन गर्छु भन्दै राजाले ५/६ वर्षसम्म यत्तिकै झुलाए। राजा महेन्द्रले डा केआई सिंह लगायत अरुलाई भने बोलाए। तर, कांग्रेसलाई बोलाएनन्। 

आफूलाई राजाले प्रधानमन्त्री बन्न दिँदैनन् भन्ने बिपीलाई लागेको थियो। त्यसैले सुवर्ण शमशेरलाई २०१२ माघ १० देखि ११ सम्म वीरगन्जमा भएको कांग्रेसको छैटौं महाधिवेशनबाट सभापतिमा चुनियो। त्यतिबेला सुवर्णको विपक्षमा गणेशमान उठ्नुभएको थियो। गणेशमानजीले थोरै मतले सुवर्णसँग हार्नुभयो। तर, पार्टीको मेलमिलापका लागि बिपीले गणेशमानजी र सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री बनाउनुभयो। म र डा तुलसी गिरि सहमहामन्त्री भयौं। केही समयपछि गणेशमान र सूर्यप्रसादले महामन्त्री पद छोड्नुभयो। म र डा गिरि महामन्त्री भयौं। 

बिपी ०१४ सालमा पुन: सभापति हुनुभयो। 

OOO

अहिले राष्ट्र बैंक भएको सुवर्णकै घरमा कांग्रेसले संसदीय दलको बैठक राखेको थियो। सुवर्णले प्रस्ताव गरेर बिपी संसदीय दलको नेता चुनिनुभयो। त्यस्तो व्यक्तिलाई राजाले बोलाएनन्, एक महिनासम्म।

यता, सुशीला भाउजू (बिपीकी श्रीमती) ले बिपीलाई तिमी प्रधानमन्त्री नबन, झमेला हुन्छ भन्नुभएको थियो। ‘किन हुने तिमी प्रधानमन्त्री? भारतमा जब सत्ता आयो गान्धी त भएनन्। दुःख परेको बेलामा सुवर्णलाई सभापति बनाउने, सुवर्णको नेतृत्वमा निर्वाचन लड्ने, तिमी अब चुप लागेर बस। नेता भएर बस। गान्धी, जयप्रकाश जस्तो हुनुपर्छ,’ भाउजूले भन्नुहुन्थ्यो। 

बिपीको मनमा प्रधानमन्त्री हुने इच्छा थियो होला। हामीले पनि सुवर्णभन्दा बिपी प्रधानमन्त्री हुनुपर्छ भन्ने चाहेका थियौं। किनभने नेता त बिपी हुनुहुन्थ्यो। 

अर्कोतर्फ सुवर्णलाई प्रधानमन्त्री बनायो भने गणेशमानले विरोध गर्ने। बिपी उठेपछि निर्विरोध हुने। गणेशमानले सुवर्णलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने। राणा शासन फाल्नकै लागि हामी यति लड्यौं। अब फेरि राणाकै परिवारलाई प्रधानमन्त्री बनायौं भने हाम्रो लडाइँको के अर्थ भन्ने पक्षमा गणेशमान हुनुहुन्थ्यो। निर्वाचनमा कांग्रेसले दुई तिहाइ ल्याए पनि राजाले सरकार बनाउन आनाकानी गरिरहेका थिए। भारत हाम्रो विरुद्धमा थियो। हामीले जबरजस्ती बिपीलाई संसदीय दलको नेता बनायौं। त्यो राजालाई मनपरेको थिएन। मेरो इच्छा नहुँदा नहुँदै यिनीहरुले मानेनन् भन्ने राजालाई लागेको थियो। 

बिपी प्रधानमन्त्री हुँदा सुशीला भाउजूले निर्विरोध हुने हो भने म मान्छु भन्नुभयो। तर, एक वर्षको लागि मात्र। पार्टीको लागि निकै त्याग गरेकाले त्यसपछि सुवर्णलाई प्रधानमन्त्री बनाउनुपर्ने सुशीला भाउजूको अडान थियो। त्यसमा बिपीले सहमति जनाउनुभयो र, निर्विरोध प्रधानमन्त्री बन्नुभयो। 

एक वर्ष पुगेपछि भाउजूले मसँग तिमीले बिपीलाई प्रधानमन्त्री बनाउन लाग्यौं, अब सान्दाजुलाई भन्नुपर्‍यो भन्न थाल्नुभयो। मैले बिपीलाई भाउजूले भनेका कुरा सुनाएँ। बिपीले भन्नुभयो, ‘त्यसो भए तैंले एउटा प्रस्ताव राख्न त, बोर्ड बैठकमा। के आइडिया हुन्छ हेरौं।’ 

उहाँलाई पनि छोड्न मन त थियो। तर, के भन्छन् साथीहरु भन्ने थियो होला। बोर्ड बैठकमा मैले अब प्रधानमन्त्री सुवर्णलाई दिने बेला आयो भनेर प्रस्ताव राखेँ। मैले राजालाई भेट्ने र बोर्ड बैठकमा त्यो प्रस्ताव राख्ने समय सँगसँगै परेको थियो। बोर्ड सदस्यहरुमा यो सुवर्णको पक्षमा छ। राजा पनि यही चाहन्छन्। बिपीले यसलाई मन्त्री बनाएनन्। र, मन्त्री हुन सुवर्णलाई बनाउनुपर्छ भन्दैछ भन्ने पर्‍यो। बिपीलाई त्यस्तो होइन भन्ने थाहा थियो। 

त्यतिबेला गिरिजाप्रसाद कोइराला विराटनगरमा सभापति थिए। बिपीले निर्वाचनपछि गिरिजालाई बोर्ड कमिटीमा ल्याउनुभयो। गिरिजा नयाँ थिए। धेरै विषय पनि सायद थाहा थिएन होला। त्यहाँ मैले प्रस्ताव राखेपछि सबै शान्त भए। म त बिपीको भाइजस्तो पनि थिएँ, धेरै नजिक पनि। 

मैले बोलेको भएर कतै बिपीको मनमा पनि यही हो कि भनेर कोही बोलेनन्। लगत्तै, गिरिजाबाबु फ्याट्टै बोले, ‘उहाँले ल्याएको प्रस्ताव ठिकै हो। अहिले यो बैठकमा नराखौं न। अर्को दिन बहस गरौंला।’ सबैले हो हो भने।

घर आयौं। मैले बिपी र भाउजूलाई नै बैठकमा भएको कुरा र गिरिजाले दिएको अभिव्यक्तिबारे जानकारी दिएँ।

मेरो त्यो अभिव्यक्ति र राजालाई भेट्छ भन्ने थाहा पाएपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले, ‘तँ युएन जा’ भन्नुभयो। मैले जाने समय भएको छैन भने। तर, उहाँले मान्नुभएन। 

सूर्यप्रसादलाई तपाईंले गर्दा म अमेरिका जाँदै छु। तर, राजाले केही कदम चालिहाले भने तपाईंहरु जेल जानुहुन्छ भनेको थिएँ। सूर्यप्रसादले ‘जा जा। अरु मान्छे अमेरिका जान पाए हुने थियो भन्दै हात जोड्न आउँछन्। बिपीसँग जान लागेको छस्। मलाई किन गाली गर्ने?’ भन्नुभयो। 

राजाले मुखले नभने पनि हाउभाउले केही हुन्छ भन्ने मेरो पूर्वानुमान थियो। म पहिलो पटक अमेरिका गएको थिएँ। चार महिनापछि फर्किएर आएँ। त्यतिबेला राजाको पश्चिम दौडाहा भएको थियो। दाङसम्म बिपी र डा गिरि पुगे। बिपी त्यहीँबाट फर्किएर आउनुपर्ने भयो। बिपी काठमाडौं आउनुभयो। दाङपछि अरु भने नेपालगन्ज गए। मन्त्रीहरुसँग खुसी नभएको भाषण राजाले नेपालगन्जमा गरेका थिए। त्यो ड्राफ्ट डा गिरिले लेखेका हुन् भन्ने पार्टीभित्र हल्ला थियो। 

डा गिरिलाई मैले सोधेँ, ‘त्यो तिम्रो ड्राफ्ट हो?’ उनले त पहिले होइन भनेका थिए। तर, मैले तिम्रो अक्षर चिन्छु भनेपछि उनले मेरो अक्षर हो। तर, बिपीलाई नभन्दिनु भने। 

राजा जंगबहादुरलाई देखेर तर्सेका थिए। राजकाजको धेरै कुरा मलाई थाहा थियो। सुवर्ण शमशेर प्रधानमन्त्री भए भने राजाले केही गर्दैनन्, यही कुरा मैले बिपीलाई भनिसकेको थिएँ। 

OOO

म दोस्रो पटक अमेरिकामै भएका बेला यता राजा महेन्द्रले ‘कु’ गरे। 

नेपाल फर्किएपछि मलाई थुनिन आवश्यक लागेन। 

देशका विभिन्न भूभाग घुमेँ। यो नेपाल कहिले विकास हुन्छ भन्ने लागेको थियो। त्यही बेलामा बिपीले अमेरिका जा भन्नुभयो। त्यतिबेलासम्म मैले विदेश घुमेको इन्डिया मात्र थियो। इन्डिया पनि सबै ठाउँ पुगेको थिइन। विहार र युपी देखेको भएर इन्डिया जस्तै हामी पनि छौं भन्ने लागेको थियो। तर, जब म बसेको प्लेन हङकङ पुग्यो, अनि म छक्क परेँ। विभिन्न ठाउँ हुँदै अमेरिकाको न्यूयोर्क, वासिङ्टन लगायत ठाउँ पुगेँ। अनि फर्किंदा लन्डन हुँदै आएँ। 

बिपीले एक दिन त इजरायल पुगेर आइज है भन्नुभएको थियो। म इजरायल गएँ। त्यहाँ उनीहरुले एउटा मोटर दिएर घुमेर आऊ भने। इजरायल भनेको हाम्रो एउटा जिल्लाजत्तिकै छ। बालुवामा खेतीपाती हुन्छ। बालुवामा रुख लगाउँछन् उनीहरु। त्यसपछि मलाई लाग्यो, बनाएपछि देश बन्दो रहेछ। हामीले किन बनाउन नसक्ने भन्ने ऊर्जा पनि आयो। त्यो कुरा नेपाल आएर मैले बिपीलाई भने पनिँ। बिपीले विकास गर्दै गरौंला नि भन्नुभयो। 

मधेस र पहाडबाट कांग्रेसका सांसद भएर आएका सबैजसो सामन्ती थिए। राजाले निकाल्न खोज्ने, अर्कोले अर्कै गर्न खोज्ने बिपीलाई पनि हल्लाएर बसेका थिए। यो सबै देखेपछि नेपालको अवस्था देखेर मेरो मन आत्तिएको थियो। राजा महेन्द्रको ‘कु’ पछि म जेल नजानुको कारण पनि यही थियो। 

राजनीतिक यात्रामा जे जस्तो गरेँ, सबै जानीबुझी गरेको हुँ। व्यवहारमा म पञ्चायतमा हुँला। तर, राजा महेन्द्रले मसँग कहिल्यै बिपीको खिलाफ कुरा गरेनन्। 

एकपटक रानीले दिएको गहना सुशीला भाउजूले फिर्ता गरिदिनुभएछ। रानीलाई चित्त दुखेछ। ‘म राजाको दुलही भए पनि त्यो गहना त मैले दिएको थिएँ नि सुशीलालाई। उनी प्रधानमन्त्रीको दुलही भए पनि मैले दिएको गहना किन फिर्ता गर्ने? मेरो के दोष छ?’ भनेर राजासँग भनिछन्। राजाले मलाई सुनाए। 

भाउजूसँग मेरो पहिले नै कुरा भइसकेको थियो। मलाई पनि भन्नुहुन्थ्यो भाउजूले, ‘बिपीलाई थुन्दिएपछि मैले किन गहना राख्ने। मलाई रानीले गहना दिएको कारण त बिपी प्रधानमन्त्री भएकाले नजिक भएर पो हो। मेरो लोग्नेलाई थुन्ने, उनको लोग्नेले। उनले दिएको गहना मैले किन राख्ने? मैले आफ्नै मनले फिर्ता गरिदिएको हो।’

राजाले पछि 'त्यो त होला। तर, पनि रानीले दुःख मानिनँ' भने। राजाले मसँग बिपीको राम्रो कुरा गर्थे। उनलाई थाहा थियो बिपीको खिलाफ कुरा गरेको मलाई मन पर्दैन भनेर। 

म पञ्चायतमा मन्त्री भए पनि बिपी र मेरो विचारमा कुनै फरक थिएन। बिपीलाई मैले पहिले पनि नेता मान्थेँ। अहिले पनि नेता मान्छु। म पछि कांग्रेसमा गएँ। उहाँले नै भनेर गएको हुँ। उहाँको मृत्यु भएपछि भाउजूले पार्टी नछोड्नु भन्नुभएको थियो। तर, मैले मानिनँ। अब, गिरिजाबाबु नेता हुन्छन्, उनीसँग काम गर्न सकिँदैन भनेरै मैले फेरि कांग्रेस छोडेँ। अहिले परिवारमा म बाहेक सबै कांग्रेसमै छन्। म कमल थापाको राप्रपामा छु। 

मैले बहुदलको माग गरेपछि २०२४ बैसाख ३० मा सार्वजनिक कानुन अन्तर्गत सरकारले पक्राउ गरेर नख्खु जेल पुर्‍यायो। त्यहाँ म चार महिना बसेँ। जेलमा गएपछि सुरुमा कांग्रेस कार्यकर्ता रिसाए। सूर्यप्रसाद र म एउटै रुममा थियौं। गिरिजा अर्को कोठामा थिए। 

त्यहाँ कांग्रेस कार्यकर्ताले विश्वबन्धु हामीलाई थुन्ने मान्छे यहाँ किन आयो? यो राजाको सिआइडी हो भनेर हल्ला गरेका थिए। तर, नेताहरुलाई मेरोबारे थाहा थियो। खाना कहाँ खाने? त्यहाँ कांग्रेस र कम्युनिस्ट मेस थियो। म त पञ्च। पञ्चहरुको त मेस थिएन। कि आफै पकाएर खानुपर्थ्यो। म आफै पकाएर नखाने। मलाई 'कांग्रेसको मेसमा खुवाउँदैनौं। यसको भाँडा पनि हामी माझ्दैनौं' भन्न थाले। होहल्ला भयो। सूर्यप्रसादसँग किन बस्ने यो मान्छे भन्न पनि थाले। पछि गिरिजा र सूर्यप्रसादले मिलाए। सामसुम भयो। त्यतिबेला कम्युनिस्ट नेताहरु आएर तपाईं नआत्तिनुहोस् हामी छौं भन्न थाले। पछि कांग्रेसका अरु कार्यकर्ताले पनि बुझे। 

मेरो त संस्कार नै कांग्रेसी हो। बाहुनले जुठो खोसेर खाए पनि बाहुनै हो। त्यसकारण संस्कार हुन्छ मान्छेको। पञ्चायत त कुनै पार्टी थिएन। म त कांग्रेसमै थिएँ। कांग्रेसले निकालेको थियो पार्टीबाट। तर, संस्कार त कांग्रेस नै हो नि।

महेन्द्रको ‘कु’पछि बिपीसँगको पहिलो भेट
म र मेरो श्रीमती तीर्थयात्रामा सारनाथ गएका थियौं। बरारस पुग्यौं। पारिवारिक रुपमै बिपीको परिवारसँग नजिक थियौं। सान्दाजु हुनुहुन्छ यहाँ, भेटौं भनेर हामी दुवै जना त्यहाँ गयौं। भाउजूसँग कुरा गर्दै थियौं, बिपी आइपुग्नुभयो। राजा महेन्द्रको ‘कु’पछि बिपीसँग त्यो नै मेरो पहिलो भेट थियो।  

उहाँले नेपाल नआउनुको कारण सुनाएपछि भाउजूले मजाक गर्दै भन्नुभयो, ‘इन्डियामा बसेर राजाको विरोध गर्छन् यिनीहरु। हेर न विश्ववन्धु। राजाको विरोध गर्न त आफ्नो देशमा पो जानुपर्छ। गान्धी बाहिर गए? नेहरु बाहिर गए?’

बिपीले भन्नुभयो, ‘ल भन् विश्वबन्धु, तेरो भाउजू नेपाल गए हुन्छ भन्छे। म गए हुन्छ?’ 

मैले हुँदैन भने। त्यस्तै कुराकानी गरेर फर्किहालेँ।

बिपीको मप्रति कुनै चित्त दुखाइ थिएन। बिपीले भनेरै म दोस्रो पटक कांग्रेसमा फर्किएँ। दोस्रो पटक काठमाडौं आएका बेला उहाँले मलाई सोध्नुभयो, ‘त राजासँग कसरी लागिस्? डा गिरि गएको त मैले बुझेँ। एउटा ठाउँ पाउन मकहाँ आयो। म भएसम्म ऊ प्रधानमन्त्री बन्न पाउँदैन। मपछि सुवर्ण, गणेशमान छन्। त्यतिबेलासम्म डा गिरि पर्खन सक्दैन। ऊ महत्वाकांक्षी मान्छे हो। तँ किन गइस्?’ 

मैले भनेँ, ‘सान्दाजु म त गएँ, राजाले विकास गर्छन् भनेर। तपाईं त राजाबाट यति धेरै दुःख पाउनुभएको मान्छे किन आउनुभयो फर्केर? राजासँग मिल्नुपर्छ भनेर?’ 

उहाँले भन्नुभयो, ‘हेर विश्वबन्धु, राजाले के गरे मलाई सबै थाहा छ। राजा गणतन्त्रमा जान्छन् त्यो पनि थाहा छ। तर, हामीकहाँ राजा चाहिन्छ। किनभने हामी भारत र चीनको बीचमा छौं। एउटा मियोबीचमा भएन भने हामीलाई गाह्रो हुन्छ। जति बलियो भारत र चीनको प्रधानमन्त्री हुन्छन्, त्यति बलियो हाम्रो हुँदैन। त्यस्तो बेला राजा भयो भने परराष्ट्र मामिलामा कसैको कुरा चित्त नबुझे पनि तपाईंको कुरा चित्त बुझ्यो, राजासँग सोध्नुपर्छ भन्न पाउँछु मैले। परराष्ट्र नीतिमा नेपालका लागि यो महत्वपूर्ण हुन्छ। कांग्रेस र राजाबीच लडाइँ छ। मैले राजा मानिदिएको हो।’ 

बहुदल आउने बेलाको कुरा हो। बिपीले बहुदलसँग लड्न तयार छु भन्ने। बहुदल राजाले दिनुपर्छ भन्ने मेरो तर्क। त्यतिबेला राजा वीरेन्द्र थिए। मैले राजालाई गएर भेटेँ। म त उनको लागि पञ्च नै थिए। मैले जनतालाई सोधेर बहुदल दिनु हुँदैन भनेर राजालाई भनेँ। 

सोधेपछि जनताले बहुदल चाहिन्छ भन्छन्। यदि सरकारले सोधेर जनतालाई बहुदल बक्सियो भने राजतन्त्र कमजोर हुन्छ। राजाले मेरो कुराको प्रतिवाद गर्दै भने, ‘बिपी आएर जनता मसँग छन् भने। बिपीले जनताको राय लिऊँ भन्दा मैले पनि हुन्छ भनिदिएँ। बिपीले फिर्ता लिए भने मलाई आपत्ति छैन।’ 

फेरि बिपीलाई गएर भेटेँ। बिपीले भन्नुभयो, ‘राजाले मलाई च्यालेन्ज गरे, जनता मसँग छन् भनेर। मैले जनता मसँग छन् भनेँ। त्यसको लागि मतदान गर्नुपर्थ्यो। राजाले राखेको च्यालेन्ज मैले स्वीकार गरेको हुँ। जनताको छोरा भएर कसरी मैले स्वतन्त्रता चाहिँदैन भन्नु?'

अब, अरुले गरेका काम हेर्ने हो। देशमा तलमाथि भइरहन्छ। कम्युनिस्ट सरकारपछि देश बर्बाद भयो भने विभाजनमा जाने सम्भावना छ। इन्डिया नेपालका लागि दुहुनो गाई हो। घाँस खान्छ। दुःख दिँदैन। दूध दिन्छ। पाल्न गाह्रो हुँदैन। तर, चीन भने बाघ जस्तो हो। मासु खान्छ। पाल्न गाह्रो। यसमा नेपाल नै सजग हुनुपर्छ। 

प्रस्तुति : पुष्पा केसी

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सरकारको कदम असंसदीय भएको विपक्षी दलको निष्कर्ष, अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्