काठमाडौं– तीन वर्षको अन्तरपछि अभिनेता रमित ढुंगाना पुनः फिल्ममा देखिने भएका छन्। बिचल किरातीको निर्देशनमा बन्ने ‘राजा साहेब’मा उनी प्रमुख भूमिकामा देखिने भएका हुन्। यसअघि उनी ‘बुद्ध बन इन नेपाल’मा देखिएका थिए।
सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरियो। सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त समेत पनि गरियो।
फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको समेत मुख्य भूमिका रहने जानकारी दिइयो। यही फिल्मबाट सोनिका केसी र आइशा राईले डेब्यु नायिकाका रुपमा डेब्यू गर्दैछन्।
.jpg)
निर्देशक राईकै लेखन रहेको फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्यनिर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ। पवन गौतमले खिच्ने चलचित्रलाई समिर मियाँले सम्पादन गर्नेछन्। बुधबारबाट फ्लोरमा जाने फिल्मको रिलिज टार्गेट तिहार राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।