प्रधानमन्त्री पदका प्रत्यासी पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान विदेशमन्त्री जेरेमी हन्ट।
काठमाडौं- बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अन्तिम चरणमा आइपुगेको छ।
थेरेसा मेको राजीनामासँगै रिक्त बेलायतको प्रधानमन्त्री पदका लागि दुई विदेशमन्त्री चुनावी टक्करमा छन्।
पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान विदेशमन्त्री जेरेमी हन्ट पाऔं चरणसम्म भएका निर्वाचनमार्फत अन्तिम दुईमा चुनिएका हुन्।
सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चयनका लागि भएको चुनावी प्रक्रिया आइतबार सकिएको छ र मंगलबार त्यसको अन्तिम नतिजा आउनेछ।
बेलायतमा बहुमत रहेको दलको नेता चुनिने व्यक्ति देशको प्रधानमन्त्री बन्ने व्यवस्था छ। सोहीअनुसार दुईमध्ये एकलाई दलको नेता र प्रधानमन्त्रीका रुपमा घोषणा गरिनेछ।
कन्जरभेटिभ पार्टीको नेता बन्न १० जनाले आवेदन दिएका थिए। कन्जरभेटिभ दलका करिब एक लाख ६० हजार सदस्यलाई नयाँ नेता चुन्न मत खुला गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।