धनगढी– आयोजक सुदूरपश्चिम ११ लाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ। एपिएफले आइतबार धनगढी रंगशालामा भएको खेलमा सुदुरपश्चिमलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ मिनेटमा एपिएफले अग्रता लियो। अन्जन विष्टले एपिएफलाई अग्रता दिलाएका थिए। नवीन लामाले ७७ मिनेटमा एपिएफको अग्रता दोब्बर परेका थिए।
अब उपाधिका लागि एपिएफले त्रिभुवन आर्मी क्लबसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। आर्मीले सेमिफाइनलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।