• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'भुलूँ भुलूँ लाग्यो मलाई’का सर्जक गुरुङ यस महिनाको 'पलेँटी शृंखला'मा

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  ११:००
1140x725

काठमाडौं- सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’अन्तर्गत साउन महिनामा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति रहने भएको छ। यसका निम्ति संगीतकार गुरुङ हङकङबाट काठमाडौं आइपुगेका छन्।

संगीतकार गुरुङ फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका हुन्। गुरुङ विक्रमका पिता भारतीय सेनामा भएका कारणले उनको बाल्यकाल भारतको देहरादुनमा बित्यो। प्राथमिक तहमा पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित त गर्थ्यो तर त्यतिबेला उनी संगीत कक्षामै सहभागी विद्यार्थी भने थिएनन्।

कक्षा पाँचको अध्ययनपछि विक्रमको परिवार पोखरा फर्कियो र उनी सुरुमा नेपाली आदर्श विद्यालयको नामले चिनिएको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए। त्यहाँ कक्षा १० सम्म पढेका उनले एसएलसी भने मल्टी पर्पोज नेसनल हाइस्कुलबाट गरे।

गुरुङको सानै उमेरदेखिको संगीतप्रतिको जिज्ञासु स्वभाव किशोरावस्थासम्म आइपुग्दा बिना बाजागाजा गुनगुनाएर धुन बुन्नेसम्मको अवस्थामा पुगेको थियो। ‘मैले ट्युन गर्न पहिलो कोसिस गरेको त ‘फेरि उसैका लागि’मा रहेका राजा महेन्द्रका शब्दहरूबाट हो, त्यो पनि बिना गाजागाजा। त्यो संगीतप्रतिको मेरो रहरको जिज्ञासु चरण थियो,' पलेँटीको अभ्यासमा रहेका उनले संगीतमा आफ्ना सुरुवाती दिन सम्झिँदै भने।

विसं २०३३/३४ सालपछि भने उनको सांगीतिक रुचिले नयाँ मोड लियो। त्यो नयाँ मोडमा पुर्‍याउने पात्र भने गायक अरुण थापा थिए। अरुणको स्वर त्यतिबेला मौलिक रचनामा प्रवेश भएकै थिएन। उनी रेडियो र फिल्ममा चलेका हिन्दी, नेपाली गीत गाउँथे। उनको गायकीको चर्चासँगै पोखरामा रहेका संगीत र साहित्य प्रेमीहरूको चहलपहल बढ्यो। त्यही चहलपहलले पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो।

‘अरूणसँगको भेटपछि भने पोयुसापको जन्म भयो। विभिन्न कार्यक्रमहरू आयोजना हुन थाले। त्यसका निम्ति नेपाली गीत बनाउनुपर्छ भन्ने सोच आयो र मैले पनि अरुण सँगसँगै बसेर संगीत सिर्जना गर्ने जाँगर चलाएँ,' विक्रमले भने।

उनले सिर्जना गरेका ३ वटा गीत मात्र अरुणले गाएका छन्। ती तीनवटै गीतले लोकप्रियता र बौद्धिक जमातको प्रशंसा दुवै बटुले। ‘भुलूँ भुलूँ लाग्यो मलाई’ले त लोकप्रियताको उचाइ नै चुम्यो। साथै ‘आँखाको निद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’बाट पनि यी दुईको जुगलबन्दीलाई धेरैले अझैसम्म पनि सम्झिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अरूण र विक्रमको सांगीतिक सहकार्यमा राम्रो सम्भावना रहेको तत्कालीन संगीतकर्मीले बताए पनि त्यो सम्भावनाले लामो दीर्घरुप भने पाउन सकेन। कारण थियो- आफ्नो उच्च शिक्षा हासिल गर्न विक्रम पोखरा छोडेर काठमाडौंतिर लाग्नु। उनी कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना भए। तर, अरुण भने पोखरामै रहे।

केही अन्तरालमा अरूण पनि काठमाडौं त आए। तर, त्यसपछि उनीहरु बीचमा पोखराको जस्तो सांगीतिक जमघट भने हुन सकेन। साँगाको प्रहरी विद्यालय हुँदै अध्यापन पेसामा प्रवेश गरेका विक्रमलाई त्यही पेसाले हङकङ पुर्‍यायो। संगीतबाट उनी टाढा नै त भएनन् तर त्यसमै तल्लीन रहन पनि पेसा र समयले साथ दिएन।

‘अरूणकै निम्ती भनेर केही गीत तयार पनि गरेँ। काठमाडौंमै रेकर्ड गर्ने तयारी पनि भयो। म्युजिक ट्रयाक पनि बने। तर, अरूण हराइरहेको बेला थियो त्यो। अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो। उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिएन। ती ट्रयाकहरू त्यत्तिकै थन्किए,' अरुणसँगको सहकार्य टुट्दाको समय सब्झिँदै उनले भने।

पलेँटीमा आगामी शुक्रबार, शनिबार र आइतबार तिनै क्षण र सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार गुरुङ। ‘पलेँटीले शब्द लेख्ने र धुन भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु। यो मञ्चमा नेपाली आधुनिक संगीतका धेरै योगदानकर्ताहरू प्रस्तुत भइसक्नु भएको छ। यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुसीको कुरा हो,’ आफ्ना धेरैजसो गीत आफैं गुनगुनाउने तयारीमा रहेका गुरुङले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिनेछिन्।

‘पलेँटीमार्फत विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु एउटा छुट्टै सांगीतिक रचनाको अध्ययन गर्नु जस्तै हो। उनले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सँधै आकर्षित भएको छु,’ पलेँटी संयोजक आभास भन्छन्।

यही महिनाको १० गते सुरु हुने विक्रम गुरुङसँगको पलेँटी ३ दिनसम्म चल्नेछ। कार्यक्रमलाई पलेँटीको सुरुवातदेखि नै सञ्चालन गर्दै आएका संगीतकर्मी आभासले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसंवाद पनि गर्नेछन्।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गिटारमा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन्।

सुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्