लन्डन- बेलायतका अर्थमन्त्री फिलीप ह्यामन्डले यदि बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री भएमा आफूले राजीनामा दिने बताएका छन्।
आइतबार बिबिसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामन्डले बेलायतको युरोपेली युनियनबाट हुने बहिर्गमन विषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उनको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने स्पष्ट पारेका हुन्।
उनले भने, 'प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजीनामा दिनेछु।'
उनका अनुसार सम्भवतः बेलायतको कन्र्जभेटिभ पार्टीले आगामी बुधबार प्रधानमन्त्रीका लागि जोनसनको नाम चयन गर्नेछ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।