प्योङयाङ- प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) मा आइतबार स्थानीय स्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ।
प्रान्त, सहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतदान सुरू भइ दिनभर मतदान भएको उत्तर कोरियाली राज्य सञ्चालित समाचार संस्था (केसिएनए)ले जनाएको छ। मतदानमा झन्डै ९९.९८ प्रतिशत मतदाताले सहभागिता जनाएका केसिएनएले जनाएको छ।
निर्वाचनबाट स्थानीय सरकारका रूपमा चिनिने स्थानीय प्रशासक (गभर्नर), नगर प्रमुख तथा गाउँ प्रमुख तथा अन्य पदाधिकारीको छनोट हुनेछ।
उत्तर कोरियाको सर्वोच्च जनसभा (सुप्रिम पिपुल्स एसेम्ली)का लागि गत मार्चमा निर्वाचन भएको थियो भने यस पहिले स्थानीय निर्वाचन सन् २०१५ मा भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।