• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

बिन्दास साम्राज्ञी जसलाई बजारको मतलब छैन

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  ०६:१४
1140x725

काठमाडौं– दुई वर्षअघि अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहलाई दरबारमार्गस्थित हिमालयन जाभामा भेट्दा उनको पहिलो फिल्म ‘ड्रिम्स’ मात्रै रिलिज भएको थियो। ‘ए मेरो हजुर–२’ र ‘तिमीसँग’ प्रदर्शनको तयारीमा थिए। तर, बजारमा उनी ‘हटकेक’ थिइन्। 

अनमोल केसीको को–एक्टरका रुपमा डेब्यू भएकी उनी पहिलो फिल्मबाट कमाएको प्रशंसाले दर्शकको मात्रै नजरमा परिनन्, पूरा फिल्म जगतले नै आँखा लगायो। फिल्मको अफर लिएर उनीकहाँ धाउनेहरूको लर्को बढ्यो। 

त्यतिबेला दुई वर्षको अन्तरालमा जम्मा उनको एउटामात्रै फिल्म रिलिज भएको थियो। तर, ०७३ सालभर उनी चर्चामा छाएकी थिइन्। कहिले ब्वाइफ्रेन्ड सार्वजनिक गरेका कारण त कहिले आफूले पहिरिएको पहिरणका कारण। 

त्यतिबेला उनलाई चर्चामा छाइरहनुको कारण सोध्दा उनले भनेकी थिइन्, ‘म अर्को मुभी रिलिज भइसकेपछि मात्र आउने भनेर झन् लुक्न खोज्छु, तर चर्चा आफैं भइदिन्छ। यहाँ जति लुक्न खोज्यो, उति चर्चा हुँदोरैछ। साम्राज्ञीले चर्चाका लागि यस्तो लुगा लगाई, यस्तो गरी भनेरसम्म न्युज आए। मैले चर्चाका लागि गरिरहेको भन्ने मलाई नै थाहा हुँदैन। न्युज पढिसकेपछि पो थाहा हुन्छ–‘चर्चाको लागि गरेको रहेछु।’

उनले यसो भने पनि खासमा त्यतिबेला उनीबारे जस्ता खबर आएका थिए, त्यसको संकेत उनी आफैंले बाहिर ल्याएकी थिइन्। तत्कालीन ब्वाइफ्रेन्डसँगको तस्बिर पनि उनैले आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गरेकी थिइन्। 

०००

फिल्म रिलिजको समयमा त कलाकारको चर्चा हुनु स्वाभाविकै हो तर साम्राज्ञीलाई चर्चामा आउन फिल्म कुर्नु पर्दैन। पहिलो फिल्मदेखि आजसम्म उनी निरन्तर मिडियाको खबर बनिरहेकी छन्, गसिपमा छाइरहेकी छन्। चर्चामा आउने काइदा पनि उनको फेरिएको छैन। सधैं उस्तै छन्–ब्वाइफ्रेन्डसँगको सम्बन्ध, ग्ल्यामर्स लुक्स, विकिनी मुद्रा र समुद्र किनारमा रोमान्स।

अब हालैको कुरा गरौं न। कामबाट थकित साम्राज्ञी फिल्म बिदा मनाउन इन्डोनेसिया पुगेकी छिन्। फ्यानहरूलाई यो खबर त्यतिबेलामात्रै थाहा भयो जतिबेला उनले आफ्ना सामाजिक सञ्जालमा बालीको समुद्र तटमा टु पिस लगाएर खिचाएका पोज–पोजका केही ‘ग्ल्यामर’ तस्बिरहरू सार्वजनिक गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

साम्राज्ञीका नियमित फलोअर्सका लागि यो कुनै नौलो विषय थिएन किनभने उनी प्रायः सोसियल मिडियामा देखिने भनेकै छोटा पहिरन र टु पिस ड्रेसमा हो। 

तर, यसपल्ट साम्राज्ञीको ‘रोमान्स’यतिमै सीमित देखिएन। उनले समुन्द्री तटमा प्रेमी देवांश जंगबहादुर राणासँग, ‘इरोटिक मुड’मा खिचाएका अन्तरंग तस्बिरहरू समेत बाहिर पोखिए। ती तस्बिर बाहिर ल्याउने अरु कोही थिएनन्, प्रेमी देवांश स्वयम् थिए। तस्बिरमुनि उनले क्याप्सन पनि लेखेका छन्, ‘टु मच टु ह्यान्डल।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देवांशले इन्स्टामा ती तस्बिर सार्वजनिक गरेपछि अहिले फेरि साम्राज्ञीको चर्चा चुलिएको छ। कतिपय उनीहरूको अन्तरंग तस्बिर देखेर पूरै ‘सरप्राइज्ड’ छन् भने कतिपय ‘यो त अति भयो’भन्दै आलोचना गरिरहेका छन्। तर, दुवैलाई अरुको प्रतिक्रियासँग कुनै मतलब छैन, पूरै मौन देखिएका छन्। यस्तो लाग्छ, बस् उनीहरू आफ्नो होलिडेलाई ‘ह्याप्पी’ बनाउन व्यस्त छन्, मस्त छन्।  

०००

त्यसो त नेपाली फिल्म क्षेत्रमा सुरुदेखि नै साम्राज्ञीको परिचय ‘बिन्दास हिरोइन’को छ। आफ्नै तालकी छन् उनी। फिल्म खेलुन्जेल फिल्ममै व्यस्त हुन्छिन्, तर त्यसपछि बाँकी समय भने आफ्नै दुनियाँमा रमाउँछिन्। फिल्मसँग सम्बन्धित कार्यक्रममा पनि पातलै देखापर्छिन्। 

आफू सेलिब्रेटी भएपनि आफ्नो निजी जीवनमाथि अरुले टिका-टिप्पणी गरेको उनलाई मन पर्दैन। ०७४ को माघतिर उनी ठूलो विवादमा तानिइन्, जब उनको छातीमुनि ट्याटु खोपाएको तस्बिर बाहिर सार्वजनिक भयो। 

तस्बिर भाइरल भएपछि साम्राज्ञी ठूलो तनावमा देखिइन्। त्यतिबेला पंक्तिकारसँगको कुराकानीमा उनले त्यो तस्बिर आफूले सार्वजनिक नगरेको जानकारी दिँदै भनेकी थिइन्, ‘मेरो शरीरबारे यहाँ किन यति ठूलो बहस?’ 

त्यो घटनापछि उनलाई लाग्यो- यहाँ आफूलाई नरुचाउनेहरू धेरै रहेछन्। भन्दै थिइन्, ‘तर, मलाई नरुचाउने ती ‘हेटर्स’हरूलाई म मेरो प्रस्तुति र कामप्रतिको सर्मपणबाटै प्रहार गर्नेछु।’ यो काण्डमा पछि टाटुवालाले गल्ती भएको भन्दै सामाजिक सञ्जालबाट माफी मागेका थिए। 

त्यतिबेला सार्वजनिक भएको तस्बिरभन्दा धेरै संवेदनशील छ अहिले उनको ब्वाइफ्रेन्डले सार्वजनिक गरेको उनीहरूको तस्बिर। र, यसपाली उनी रिसाएको संकेत पनि बाहिर आएको छैन। सायद यसपाली तस्बिर उनीहरूको सल्लाहमै बाहिरिएर हुनसक्छ। 

पूर्वप्रेमी मयंक खड्कासँग ‘ब्रेकअप’भएपछि अहिले साम्राज्ञी देवांशसँगको प्रेममा रमाइरहेकी छन्। अचेल धेरैजसो कार्यक्रममा साम्राज्ञी देवांशलाई लिएर हिँड्छिन्। केही समयअघि ‘मारुनी’ फिल्मको घोषणा कार्यक्रममा पनि उनीहरु सँगै पुगेका थिए। ‘युरेसा लेडिज रेडी वेर सप’को उद्घाटन कार्यक्रममा त दुवै सँगैमात्रै पुगेका थिएनन्, मिडियासँग एकसाथ फोटो पनि खिचाएका थिए। त्यतिबेला साम्राज्ञीसँगै उनकी आमा नेहा पनि सहभागी थिइन्।

साम्राज्ञीलाई देवांशसँग देखेर आमा नेहा पनि खुसी देखिन्थिन्। देवांश नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन्।

साम्राज्ञीले हालै आफ्नो जन्मदिन पनि देवांशकै घरमा मनाएको तस्बिर सार्वजनिक भएको थियो। 

साम्राज्ञीले आजसम्म आफ्नो प्रेमीबारे खुलेर मिडियामा बोलेकी छैनन्। तैपनि उनको प्रेम मिडियाबाट लुक्न सकेको छैन। देवांशभन्दा अघि उनी व्यवसायी मयंक खड्कासँग दुई वर्षभन्दा बढी अफेयरमा थिइन्। 

त्यतिबेला पनि केही समय त उनीहरुको प्रेम गुपचुप नै चलिरहेको थियो तर जब उनीहरुले सामाजिक सञ्जालमा एकअर्काको तस्बिर सार्वजनिक गर्न थालेका थिए, त्यसपछि नै उनीहरुको गोप्य सम्बन्ध बाहिरिएको थियो। 

आफ्नो जन्मदिनको अवसर पारेर उनले ब्वाइफ्रेन्डको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘द डे ह्याज जस्ट विगन’। उनकै फेसबुक स्टाटसले उनीहरूको अफेयरको पोल खोलेको थियो। खोज्दै जाँदा त्यतिबेला काठमाडौं, दरबारमार्गको भिक्ट्री लाउन्जमा उनीहरूले थुप्रै पल्ट डेटिङ गरेका तस्बिरसमेत फेला परेको थियो।

तर दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्ध भने कहिल्यै खुलाएका थिएनन्। पंक्तिकारले त्यतिबेला साम्राज्ञीलाई जन्मदिनमा ब्वाइफ्रेन्ड सार्वजनिक गरेको खबरबारे जिज्ञासा राख्दा उनले भनेकी थिइन्, ‘यो मेरो प्राइभेट लाइफ हो। अहिलेसम्म मेरो ब्वाइफ्रेन्ड छ/छैन मैले कसैलाई भनेको छुइनँ। पछि भन्नुपर्‍यो भने राम्रोसँग लेखेरै भन्छु होला।’

त्यसरी लेखेर स्वीकार गर्न नपाउँदै मयंकसँगको ब्रेकअप खबर मिडियामा बाहिरियो। एकअर्कामा शंका बढेपछि उनीहरूबीच अविश्वास बढ्यो। त्यहीकारण उनीहरू ब्रेकअपको चरणमा पुगेको खबर बाहिरियो। फिल्ममा व्यस्त हुँदै गएपछि साम्राज्ञीले मयंकलाई समय दिननसक्दा पनि उनीहरूबीच सम्बन्धमा खटपट आएको त्यतिबेला उनीहरू निकटबाट खबर सुनिएको थियो। 

सायद त्यही कारण होला, साम्राज्ञी यतिबेला ब्वाइफ्रेन्डलाई खुलेर समय दिइरहेकी छन्। उनीहरूले बालीको रोमान्स दुनियाँसामु सार्वजनिक गर्नुलाई मयंकसँगको ब्रेकअपपछि सिर्जित परिस्थितिका रुपमा समेत हेरिएको छ।

०००

अब साम्राज्ञीको करिअरकै कुरा गरौं न, हिरोइन उनको कहिल्यै सपना थिएन। बस्, बच्चैदेखि ग्ल्यामरस इन्डस्ट्रीमा हुन्छु भन्ने चाहिँ उनको मनमा थियो। 

उनी सन् २०१४ बाट मोडलिङमा छिरेकी थिइन्। फेसन सोतिर क्याटवाक गर्थिन्। ‘फेस अफ क्लासिक डायमन्ड’मा भाग लिएर सेकेन्ड रनरअपको टाइटल पनि हात पारिन्। त्यसपछि आएको अफर हो– ‘ड्रिम्स’। 

उनी यो फिल्ममा जोडिनुको कथा पनि रोचक छ। फिल्ममा उनको ममीको मामाको पनि लगानी थियो। उनीहरू नयाँ हिरोइनको खोजीमा थिए। एक दिन उनले भुवन केसीलाई ल्यापटपमा नयाँ–नयाँ मोडलको फोटो देखाउँदै गर्दा अचानक स्क्रिनमा साम्राज्ञीको फोटो देखा परेछ। 

साम्राज्ञीको फोटो आउनेबित्तिकै सम्राज्ञीका बाजेले हत्तपत्त फोटो परिवर्तन गरे। तर, भुवनको मन के मान्थ्यो– दोर्‍याएर हेर्न चाहे। भने, ‘ल यो केटी चाहिँ एकदमै राम्री छ, एकपल्ट सोध्नुपर्छ।’ 

बाजे पन्छिन खोजे, ‘अहिले बच्चै छ, काम गर्दिन।’

‘तर, भुवन अंकलको करले एकपल्ट मलाई सोध्नुभयो,’ साम्राज्ञीले भनेकी थिइन्, ‘मैले हुन्छ भन्दिहालेँ। मेरो पापा मलेसियामा हुनुहुन्छ। उहाँलाई म यसरी काम गरेको मन पर्दैन भन्ने ममीको मामालाई थाहा थियो। त्यसैले पनि उहाँले मलाई जबर्जस्ती छैन भनेर भन्नुभएको थियो। यता भुवन अंकलले चाहिँ ‘म नराम्रो मुभी बनाउँदिनँ, काम गर्दा राम्रो हुन्छ’ भनेर फकाउनुभएको थियो।’

त्यसपछि उनी खेल्न तयार भइन्।

पहिलो फिल्मबाटै उनी दर्शकको नजरमा परिन्। समीक्षकदेखि दर्शक सबैले फिल्म हेरेर अनमोलभन्दा बढी उनको तारिफ गरे।

त्यसपछि नेपाली फिल्म बजारमा उनको भाउ एकाएक बढ्यो। महंगो पारिश्रमिक दाबी गर्न थालिन्। धेरै अफरहरू आए तर अभिनेत्री झरना थापाले पहिलोपल्ट निर्देशन गरेको ‘ए मेरो हजुर–२’ उनको दोश्रो फिल्म बन्न पुग्यो। फिल्मले समीक्षा राम्रो नपाए पनि व्यापार भने राम्रै गर्‍यो। त्यसपछि त बजारमा ‘साम्राज्ञीको स्टारडमले काम गर्ने रैछ’ भन्ने दाबीले झन काम गर्न थाल्यो।  

उनलाई फिल्ममा लिनका लागि अफर गर्नेहरूको संख्या झन बढ्न थाल्यो। तर विडम्बना त्यसपछि त संख्यामात्रै बढ्यो, स्तर बढेन। न उनले अभिनय गरेका फिल्महरूले राम्रो व्यापार गरे, न राम्रो समीक्षा बटुले। सन् २०१८ मा मात्रै उनका चार फिल्म रिलिज भए–‘मंगलम’, ‘तिमी सँग’, ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’। यसअघि वर्षेनी एक/एक वटा रिलिज भइरहेको थियो।

‘मंगलम’मा केमियो रोलमात्रै थियो, फिल्मले पनि राम्रो नतिजा ल्याएन्। ‘तिमीसँग’ र ‘कायरा’ दुवै रोमान्टिक विधामा बनेका थिए तर दर्शकले ‘बोरिङ’ ठाने। त्यसैले फिल्म चलेन। समीक्षागत हिसाबले कमजोर देखिए पनि ‘इन्टु मिन्टु लन्डनमा’ले व्यापारिक रुपमा भने हल्का राहत दिलायो।

अब ‘मारुनी’ र ‘रातो टिका निधारमा' प्रदर्शनको तयारीमा छन्। यी दुई फिल्मलाई विशेष रुपमा हेरिएको छ। किनभने यिनको व्यापारले साम्राज्ञीको खस्कदो स्टारडमको नापतौल गर्नेछ।

बजारमा सुनिन्छ, आफ्नो खस्किँदो स्टारडमका कारण साम्राज्ञी अहिले विचलित छिन्। बजारमा उनको फिल्म चर्चा कम भइरहे पनि प्रेमी र पहिरनको चर्चा बढी नै छ। सायद यसले थोरै राहत पक्कै दिएको हुँदो हो।

बजारमा साम्राज्ञीलाई ‘घमण्डी अभिनेत्री’ भनेर टिप्पणी गर्ने पनि धेरै छन्। कुनैबेला यही विषयमा पंक्तिकारले जिज्ञासा राख्दा जवाफमा उनले भनेकी थिइन्, ‘हो, मैले पनि कता–कता यो कुरा सुनेको छु। मेरो लुक्स नै त्यस्तो भएर हो कि क्या हो, परबाट देखिँदा घमण्डी देखिँदोरैछु। तर, मसँग बोलिसकेपछि सबैले थाहा पाउँछन्– 'म त्यस्तो छैन। खासमा म त ओपन बुक हु।’

यसर्थमा साम्राज्ञी अझै पनि सही छिन्। किनभने उनी कति ‘ओपन’ छिन् त्यो त लगातार सार्वजनिक भइरहेको उनको ‘रोमान्स’ले पनि छर्लङ्ग पारिरहेकै छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्