काठमाडौं- ब्रिगेड ब्वाइज क्लब (बिबिसी)ले ललित स्मृति यु १८ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बिबिसीले उपाधि जितेको हो।
चौथो वर्षमा आइपुग्दा लगातार दोस्रो पटक उपाधि जितेको बिबिसीका लागि ब्रिजेश चौधरीले खेलको २३औं मिनेटमा गोल गरे। एन्फा मैदान सातदोबाटोमा भएको खेलमा बीबीसीले उत्कृष्ट खेल देखाउँदै पुलिस क्लबलाई खेलभर दबाबमा राखेको थियो।
उपाधिसँगै बिबिसीले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ। दोस्रो भएको पुलिसले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पायो।
जेठ अन्तिमबाट सुरु भएको प्रतियोगितामा ए डिभिजन खेल्ने १४ क्लबका १८ वर्षमुनिका टिम सहभागी थिए। पहिलो दुई संस्करण नेपाल आर्मी क्लबले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।