• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मेस्सी र रोनाल्डोपछि चम्केलान् यी खेलाडी?

64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  २१:५९
1140x725

काठमाडौं- नयाँ सिजन नजिकिएसँगै क्लबहरू खेलाडी किनबेच र तयारी खेलमा व्यस्त छन्। गएका सिजनमा भन्दा आउँदो सिजन भिन्न के देखिएला त भन्ने प्रश्न आइरहँदा केही यस्ता प्रतिभा देखिएका छन् जसले पछिल्लो दशक फुटबलमा राज गरेका केही नामलाई पछि पार्न सक्छन्। 

इंग्लिस क्लब आर्सनलले इटालियन क्लब फियोरेनटिनालाई ३-० ले हराउँदा दुई गोल गरेका एडी एनकेटिया हुन्, या इंग्लिस क्लब म्यानेचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई १-० ले हराउँदा गोल गर्ने म्यासन ग्रिनवुड नै किन नहुन्, विश्वभर फुटबल प्रेमीले नियालिरहेका छन्। 

नेदरल्याण्ड्सको क्लब आयाक्सबाट इटालियन क्लब युभेन्टस् पुगेका डिफेन्डर म्याथायस डी लिग्ट हुन्, या जापानबाट स्पेनिस क्लब रियल मड्रिड ल्याइएका ताकेफुसा कुबो हुन्, उनीहरुले विश्व फुटबलमा नयाँ लय भित्र्याउने आश बलियो बनेको छ। विश्वका उत्कृष्ट क्लब उनीहरुलाई किन्ने दौडधुपमा लाग्नुले पनि उनीहरु क्षमतावान् खेलाडी हुन् भन्ने प्रस्ट हुन्छ।

गएको एक दशकभन्दा बढी स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसमा रहेका क्रिस्टियानो रोनाल्डोको वरपर घुमेको क्लब फुटबल अब नयाँ पुस्तामा सर्ला त? मेस्सी र रोनाल्डोको दबदबा रहँदा केही नाम पछि परे जस्तै अब कसैको एकछत्र राज रहला? प्रश्नका जवाफ आउँदो सिजनका खेलले देखाउँदै जाला तर अहिले देखिएका केही नाम भने विश्व फुटबलमा उत्कृष्ट खेलाडीको परिचय बनाउन सक्षम देखिन्छन्। 

मेस्सी र रोनाल्डोभन्दा पछि केलियन एमबाप्पे, एन्टोनियो ग्रिजम्यान, इडन हाजार्ड, नेमार, रहिम स्टर्लिङ, उसमान डेम्बेले जस्ता खेलाडीको नाम आउने गरे पनि यस्ता केही युवा खेलाडी छन्, जो अहिले चर्चामा छन्। भविष्यसम्म चर्चामा रहने देखिन्छन्।

म्याथायस डी लिग्ट 
१९ वर्षका डी लिग्टले गएको सिजन आयाक्सलाई आफ्नै कप्तानीमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म लगेका थिए। उनले टिमलाई डच लिग र डच कपको उपाधि जिताए। जसले फुटबलमा प्राय फरवार्डलाई लिएर हुने चर्चा डिफेन्डरसम्म पनि पुग्यो। 

च्याम्पियन्स लिगको अन्तिम १६ मा उनैको गोलबाट युभेन्टस पराजित भएको थियो। रमाइलो त के छ भने डि लिग्टलाई युभेन्टस ल्याउन एजेन्टको भूमिकामा क्रिष्टियानो रोनाल्डो देखिएका थिए। रोनाल्डोकै आग्रहमा युभेन्टस आएका डि लिग्टले आफ्नो नयाँ शैली डिफेन्सदेखि गोलपोस्टसम्म देखाउने छन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र पिएसजीसहितका क्लबले चासो देखाएका कारण पनि चर्चा बढी रह्यो। विशेष गरी राइट सेन्टर डिफेन्डरका रुपमा खेल्ने डि लिग्ट पोसेसन बनाउन र बल बढाउन पनि सिपालु छन्। 

९ वर्षको हुँदा आयाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका थिए। एक डिफेन्डरका लागि यो तथ्यांक सानो छैन। यसैले उनलाई साढे ६७ पाउन्ड तिर्न युभेन्टस तयार भयो। फुटबल पण्डितहरु युभेन्टसले डी लिग्टलाई लैजान सक्नु सिजनकै सबैभन्दा ठूलो साइनिङमा रुपमा हेरिरहेका छन्। 

जोआओ फेलिक्स
क्रिष्टियानो रोनाल्डो पछिको पुस्ताका सर्वोत्कृष्ट पोर्चुगिज खेलाडीका रुपमा चर्चा हुँदै आएका युवा खेलाडी जोआओ फेलिक्सलाई स्पेनिस क्लब एथ्लेटिको मड्रिडले कीर्तिमानी मूल्यमा अनुबन्धित गर्‍यो। 

फेलिक्सलाई एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब बेन्फिकाबाट ११३ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो। बेन्फिकाले उनका लागि १२० मिलियन युरो रिलिज क्लज राखेको थियो। एथ्लेटिको मड्रिडले उनका लागि त्यो भन्दा ६ मिलियन युरो बढी तिर्नुले नै उनको क्षमता देखिन्छ। 

१९ वर्षका फेलिक्स विश्व फुटबलको इतिहासमा पाँचौँ महंगा खेलाडी बनेका छन्। फेलिक्सलाई भन्दा बढी रकम तिरिएका खेलाडी नेमार, केलियन एमबाप्पे, फिलिप कोन्टिन्हो र उसमान डेम्बेले हुन्।

फेलिक्सले एथ्लेटिको मड्रिडसँग सात वर्षको सम्झौता गरेका छन्। उनले गएको अगस्टमा सिनियर खेलमा डेब्यु गरेका हुन्। गएको सिजन बेन्फिकाले लिग जित्ने क्रममा फेलिक्सले १५ गोल गरेका थिए।

उनी सर्वाधिक महंगो किशोर खेलाडीको सूचिमा दोस्रो स्थानमा छन्। उनी भन्दा अघि रहेका एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) अनुबन्धित भएका थिए।

पोर्टोका पूर्व युवा खेलाडी फेलिक्सले राष्ट्रिय टिमबाट गएको जुनमा नेशन्स लिग फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको सेमिफाइनलमा डेब्यु गरेका थिए।

उनले गएको अप्रिलमा युरोपा लिग अन्तर्गत फ्र्यांकफर्टसँगको खेलमा ह्याट्रिक गरेका थिए। जसले उनलाई सबै भन्दा कम उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गर्ने बेन्फिका र पोर्चुगलको पहिलो खेलाडी बनाएको थियो। यस्तै उनी युरोपा लिगमा ह्याट्रिक गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी पनि बेनका थिए।

मेसन ग्रीनवुड
१७ वर्षका ग्रिनवुडलाई धेरैले रायन गिग्ससँग तुलना गरेका छन्। किशोर खेलाडीले ग्रीनवुडले युनाइटेडमा रिक्त रहेको गोल स्कोरिङ स्ट्राइकरको भूमिका निर्वाह गर्न सक्ने फुटबल पण्डितले उल्लेख गरेका छन्। म्यानचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई १-० ले हराउँदा गोल गरेका ग्रीनवुड रोमेलु लुकाकु बिर्साउन सक्ने खेलाडीका रुपमा देखिएका छन्। 

२००७ देखि म्यानचेस्टर युनाइटेडमा युवा समय बिताएका ग्रिनवुड सिनियर टिममा आएसँगै उनको क्षमता अझ निखारिएको छ। इंग्ल्याण्डको यु १५, यु १७ र यु १८ राष्ट्रिय टिमबाट खेलिसकेका ग्रीनवुड म्यानचेस्टर युनाइटेडमा मात्रै होइन प्रिमियर लिगमा नै नयाँ क्षमता देखाउन सक्षम छन्। 

यसैले प्रशिक्षक ओल गुनार सोल्सकेयरले भनेका छन्, ‘उनी १७ वर्षका मात्रै भए तर अभ्यासमा हरेक कुरा राम्ररी बुझिरहेका छन्, मैदानमा पनि त्यही अनुसार प्रस्तुत भइरहेका छन्। यसैले उनलाई बाहिर राख्न या लोनमा अरु क्बल पठाउन सोच आएकै छैन। म्यानचेस्टरमा उनी सक्षम छन्।’

एडी एनकेटिया
इंग्लिस क्लब आर्सनलका युवा फरवार्ड एडी एनकेटियाले प्रि सिजन खेलमा आइतबार फिरोनटेनियालाई ३–० ले हराउँदा दुई गोल गरेसँगै उनको चर्चा चुलियो। पहिलो रोजाइँको टिममा स्थान बनाउन सक्छन् या सक्दैनन् भन्ने बहस चलिरहेका बेला २० वर्षका उनले आफ्नो क्षमता देखाए। 

सन् २००८ मा चेल्सीको युवा टिमबाट फुटबल सुरु गरेका उनले २०१५ मा आर्सनलको युवा टिममा प्रवेश गरेका थिए। इंग्ल्याण्ड यु-१८, यु-१९, यु-२०, यु-२१ राष्ट्रिय टिमबाट खेलिसकेका उनले आर्सनलमा पाएको अवसरलाई सदुपयोग गर्दै प्रिमियर लिगमा छाप छाड्ने देखिन्छ। 

यसैले आर्सनलका प्रशिक्षक युनाइ इमेरीले समेत एनकेटियाको तारिफ गर्दै भनेका छन्, ‘उनको क्षमतामा भइरहेको वृद्धि अनुकरणीय छ। उनमा जस्तै प्रगति सबै खेलाडीमा होस् भन्ने हाम्रो चाहना हो। एनकेटियाको खेल क्षमता अझ बढाउन उनलाई मैदानमा अझ समय दिनुपर्ने हुन्छ।’

ताकेफुसा कुबो
एसियन फुटबलमा चम्किला युवा हुन् ताकेफुसा कुबो। जापानका १८ वर्षका कुबो २०११ देखि २०१५ सम्म स्पेनिस क्लब बार्सिलोनाको युवा टिममा थिए। बार्सिलोनामा फुटबल विकास गरेका कुबोले पछिल्लो समय जापानमा व्यावसायिक फुटबल खेल्दै अहिले स्पेनकै रियल मड्रिडमा स्थान बनाइरसकेका छन्।

रियल मड्रिडको बी टिमका लागि भनेर किनिएका कुबोले सिनियर टिममा स्थान बनाउन केही समय लाग्ने देखिए पनि उनको खेल क्षमता भने अब्बल छ। जापानमा एफसी टोकियोमा रहँदा होस् या योकोहामा क्लबमा रहँदा उनले आफ्नो खेल सावित गरेका छन्।

कुबोको विशेषता भनेकै उनी अट्याकिङ मिडफिल्डरदेखि फरवार्डसम्म सबै पोजिसनमा खेल्न सक्छन्। कुबो मड्रिड पुगेसँगै जापानमा देखिएको उत्साहले उनमा चुनौती भने थपेको छ। यसैले उनले भनेका छन्, ‘ममाथि धेरै नै ध्यान केन्द्रित भइरहेको जस्तो लाग्छ, जसले गर्दा मलाई अप्ठ्यारो महसुस भइरहेको छ।’

फ्रान्की डी योङ
गएको सिजन धेरै चर्चामा रहेका युवा खेलाडी हुन्, डी योङ। आयाक्सलाई डच लिग र डच कपको उपाधि जिताउँदा मात्रै होइन च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याउँदासम्म २२ वर्षका डी योङको भूमिका उत्कृष्ट थियो। अहिले स्पेनिस क्लब बार्सिलोना आएका डि योङ आफू सुरुवाती ११ मा पर्न हरसम्भव मेहनत गर्ने बताउँछन्। 

२००४ मा डच क्लब विलियमबाट फुटबल सुरु गरेका योङ २०१५ मा आयाक्सको युवा टिममा गएका थिए। बीचमा एक वर्ष लोनमा विलियम नै पुगेका उनी २०१६ देखि आयाक्समा नियमित खेलाडी थिए। बार्सिलोनाका प्रशंसक समेत रहेका उनी नयाँ सिजनका लागि क्याटलोनिया आएसँगै उनको चर्चा थप चुलिएको छ। 

‘म बार्सिलोनाका लागि महत्वपूर्ण खेलाडीका रुपमा चिनिन चाहन्छु’ डि योङले भनेका छन्, ‘मैदानमा बलसँगै हुँदा निकै खुशी मिल्छ, बल खेलाउनु र टिमसँग साझेदारी गर्नु नै फुटबलको मजा हो, त्यसका लागि बार्सिलोना उपयुक्त क्लब हुने विश्वास छ।’

७५ मिलियन युरोमा बार्सिलोना आएका डि योङले नेदरल्याण्ड्सका लागि यु-१५, यु-१७, यु-१९, यु-२१ हुँदै सिनियर राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। बार्सिलोनामा सुरुवाती टिममा रहेर खेल्न आतुर डि योङले बार्सिलोनामा रहेर अभ्यास गर्दा निकै रमाइलो भएको अब त्यही निरन्तरता मैदानमा देखाउन आफू इच्छुक रहेको बताएका छन्। 

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ
बाराको सिमराबाट एक बालिका बेपत्ता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्