• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मेस्सी र रोनाल्डोपछि चम्केलान् यी खेलाडी?

64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  २१:५९
1140x725

काठमाडौं- नयाँ सिजन नजिकिएसँगै क्लबहरू खेलाडी किनबेच र तयारी खेलमा व्यस्त छन्। गएका सिजनमा भन्दा आउँदो सिजन भिन्न के देखिएला त भन्ने प्रश्न आइरहँदा केही यस्ता प्रतिभा देखिएका छन् जसले पछिल्लो दशक फुटबलमा राज गरेका केही नामलाई पछि पार्न सक्छन्। 

इंग्लिस क्लब आर्सनलले इटालियन क्लब फियोरेनटिनालाई ३-० ले हराउँदा दुई गोल गरेका एडी एनकेटिया हुन्, या इंग्लिस क्लब म्यानेचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई १-० ले हराउँदा गोल गर्ने म्यासन ग्रिनवुड नै किन नहुन्, विश्वभर फुटबल प्रेमीले नियालिरहेका छन्। 

नेदरल्याण्ड्सको क्लब आयाक्सबाट इटालियन क्लब युभेन्टस् पुगेका डिफेन्डर म्याथायस डी लिग्ट हुन्, या जापानबाट स्पेनिस क्लब रियल मड्रिड ल्याइएका ताकेफुसा कुबो हुन्, उनीहरुले विश्व फुटबलमा नयाँ लय भित्र्याउने आश बलियो बनेको छ। विश्वका उत्कृष्ट क्लब उनीहरुलाई किन्ने दौडधुपमा लाग्नुले पनि उनीहरु क्षमतावान् खेलाडी हुन् भन्ने प्रस्ट हुन्छ।

गएको एक दशकभन्दा बढी स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसमा रहेका क्रिस्टियानो रोनाल्डोको वरपर घुमेको क्लब फुटबल अब नयाँ पुस्तामा सर्ला त? मेस्सी र रोनाल्डोको दबदबा रहँदा केही नाम पछि परे जस्तै अब कसैको एकछत्र राज रहला? प्रश्नका जवाफ आउँदो सिजनका खेलले देखाउँदै जाला तर अहिले देखिएका केही नाम भने विश्व फुटबलमा उत्कृष्ट खेलाडीको परिचय बनाउन सक्षम देखिन्छन्। 

मेस्सी र रोनाल्डोभन्दा पछि केलियन एमबाप्पे, एन्टोनियो ग्रिजम्यान, इडन हाजार्ड, नेमार, रहिम स्टर्लिङ, उसमान डेम्बेले जस्ता खेलाडीको नाम आउने गरे पनि यस्ता केही युवा खेलाडी छन्, जो अहिले चर्चामा छन्। भविष्यसम्म चर्चामा रहने देखिन्छन्।

म्याथायस डी लिग्ट 
१९ वर्षका डी लिग्टले गएको सिजन आयाक्सलाई आफ्नै कप्तानीमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म लगेका थिए। उनले टिमलाई डच लिग र डच कपको उपाधि जिताए। जसले फुटबलमा प्राय फरवार्डलाई लिएर हुने चर्चा डिफेन्डरसम्म पनि पुग्यो। 

च्याम्पियन्स लिगको अन्तिम १६ मा उनैको गोलबाट युभेन्टस पराजित भएको थियो। रमाइलो त के छ भने डि लिग्टलाई युभेन्टस ल्याउन एजेन्टको भूमिकामा क्रिष्टियानो रोनाल्डो देखिएका थिए। रोनाल्डोकै आग्रहमा युभेन्टस आएका डि लिग्टले आफ्नो नयाँ शैली डिफेन्सदेखि गोलपोस्टसम्म देखाउने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनमा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र पिएसजीसहितका क्लबले चासो देखाएका कारण पनि चर्चा बढी रह्यो। विशेष गरी राइट सेन्टर डिफेन्डरका रुपमा खेल्ने डि लिग्ट पोसेसन बनाउन र बल बढाउन पनि सिपालु छन्। 

९ वर्षको हुँदा आयाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका थिए। एक डिफेन्डरका लागि यो तथ्यांक सानो छैन। यसैले उनलाई साढे ६७ पाउन्ड तिर्न युभेन्टस तयार भयो। फुटबल पण्डितहरु युभेन्टसले डी लिग्टलाई लैजान सक्नु सिजनकै सबैभन्दा ठूलो साइनिङमा रुपमा हेरिरहेका छन्। 

जोआओ फेलिक्स
क्रिष्टियानो रोनाल्डो पछिको पुस्ताका सर्वोत्कृष्ट पोर्चुगिज खेलाडीका रुपमा चर्चा हुँदै आएका युवा खेलाडी जोआओ फेलिक्सलाई स्पेनिस क्लब एथ्लेटिको मड्रिडले कीर्तिमानी मूल्यमा अनुबन्धित गर्‍यो। 

फेलिक्सलाई एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब बेन्फिकाबाट ११३ मिलियन पाउण्डमा अनुबन्धित गरेको हो। बेन्फिकाले उनका लागि १२० मिलियन युरो रिलिज क्लज राखेको थियो। एथ्लेटिको मड्रिडले उनका लागि त्यो भन्दा ६ मिलियन युरो बढी तिर्नुले नै उनको क्षमता देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१९ वर्षका फेलिक्स विश्व फुटबलको इतिहासमा पाँचौँ महंगा खेलाडी बनेका छन्। फेलिक्सलाई भन्दा बढी रकम तिरिएका खेलाडी नेमार, केलियन एमबाप्पे, फिलिप कोन्टिन्हो र उसमान डेम्बेले हुन्।

फेलिक्सले एथ्लेटिको मड्रिडसँग सात वर्षको सम्झौता गरेका छन्। उनले गएको अगस्टमा सिनियर खेलमा डेब्यु गरेका हुन्। गएको सिजन बेन्फिकाले लिग जित्ने क्रममा फेलिक्सले १५ गोल गरेका थिए।

उनी सर्वाधिक महंगो किशोर खेलाडीको सूचिमा दोस्रो स्थानमा छन्। उनी भन्दा अघि रहेका एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पेरिस सेन्ट–जर्मेन (पिएसजी) अनुबन्धित भएका थिए।

पोर्टोका पूर्व युवा खेलाडी फेलिक्सले राष्ट्रिय टिमबाट गएको जुनमा नेशन्स लिग फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको सेमिफाइनलमा डेब्यु गरेका थिए।

उनले गएको अप्रिलमा युरोपा लिग अन्तर्गत फ्र्यांकफर्टसँगको खेलमा ह्याट्रिक गरेका थिए। जसले उनलाई सबै भन्दा कम उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गर्ने बेन्फिका र पोर्चुगलको पहिलो खेलाडी बनाएको थियो। यस्तै उनी युरोपा लिगमा ह्याट्रिक गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी पनि बेनका थिए।

मेसन ग्रीनवुड
१७ वर्षका ग्रिनवुडलाई धेरैले रायन गिग्ससँग तुलना गरेका छन्। किशोर खेलाडीले ग्रीनवुडले युनाइटेडमा रिक्त रहेको गोल स्कोरिङ स्ट्राइकरको भूमिका निर्वाह गर्न सक्ने फुटबल पण्डितले उल्लेख गरेका छन्। म्यानचेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई १-० ले हराउँदा गोल गरेका ग्रीनवुड रोमेलु लुकाकु बिर्साउन सक्ने खेलाडीका रुपमा देखिएका छन्। 

२००७ देखि म्यानचेस्टर युनाइटेडमा युवा समय बिताएका ग्रिनवुड सिनियर टिममा आएसँगै उनको क्षमता अझ निखारिएको छ। इंग्ल्याण्डको यु १५, यु १७ र यु १८ राष्ट्रिय टिमबाट खेलिसकेका ग्रीनवुड म्यानचेस्टर युनाइटेडमा मात्रै होइन प्रिमियर लिगमा नै नयाँ क्षमता देखाउन सक्षम छन्। 

यसैले प्रशिक्षक ओल गुनार सोल्सकेयरले भनेका छन्, ‘उनी १७ वर्षका मात्रै भए तर अभ्यासमा हरेक कुरा राम्ररी बुझिरहेका छन्, मैदानमा पनि त्यही अनुसार प्रस्तुत भइरहेका छन्। यसैले उनलाई बाहिर राख्न या लोनमा अरु क्बल पठाउन सोच आएकै छैन। म्यानचेस्टरमा उनी सक्षम छन्।’

एडी एनकेटिया
इंग्लिस क्लब आर्सनलका युवा फरवार्ड एडी एनकेटियाले प्रि सिजन खेलमा आइतबार फिरोनटेनियालाई ३–० ले हराउँदा दुई गोल गरेसँगै उनको चर्चा चुलियो। पहिलो रोजाइँको टिममा स्थान बनाउन सक्छन् या सक्दैनन् भन्ने बहस चलिरहेका बेला २० वर्षका उनले आफ्नो क्षमता देखाए। 

सन् २००८ मा चेल्सीको युवा टिमबाट फुटबल सुरु गरेका उनले २०१५ मा आर्सनलको युवा टिममा प्रवेश गरेका थिए। इंग्ल्याण्ड यु-१८, यु-१९, यु-२०, यु-२१ राष्ट्रिय टिमबाट खेलिसकेका उनले आर्सनलमा पाएको अवसरलाई सदुपयोग गर्दै प्रिमियर लिगमा छाप छाड्ने देखिन्छ। 

यसैले आर्सनलका प्रशिक्षक युनाइ इमेरीले समेत एनकेटियाको तारिफ गर्दै भनेका छन्, ‘उनको क्षमतामा भइरहेको वृद्धि अनुकरणीय छ। उनमा जस्तै प्रगति सबै खेलाडीमा होस् भन्ने हाम्रो चाहना हो। एनकेटियाको खेल क्षमता अझ बढाउन उनलाई मैदानमा अझ समय दिनुपर्ने हुन्छ।’

ताकेफुसा कुबो
एसियन फुटबलमा चम्किला युवा हुन् ताकेफुसा कुबो। जापानका १८ वर्षका कुबो २०११ देखि २०१५ सम्म स्पेनिस क्लब बार्सिलोनाको युवा टिममा थिए। बार्सिलोनामा फुटबल विकास गरेका कुबोले पछिल्लो समय जापानमा व्यावसायिक फुटबल खेल्दै अहिले स्पेनकै रियल मड्रिडमा स्थान बनाइरसकेका छन्।

रियल मड्रिडको बी टिमका लागि भनेर किनिएका कुबोले सिनियर टिममा स्थान बनाउन केही समय लाग्ने देखिए पनि उनको खेल क्षमता भने अब्बल छ। जापानमा एफसी टोकियोमा रहँदा होस् या योकोहामा क्लबमा रहँदा उनले आफ्नो खेल सावित गरेका छन्।

कुबोको विशेषता भनेकै उनी अट्याकिङ मिडफिल्डरदेखि फरवार्डसम्म सबै पोजिसनमा खेल्न सक्छन्। कुबो मड्रिड पुगेसँगै जापानमा देखिएको उत्साहले उनमा चुनौती भने थपेको छ। यसैले उनले भनेका छन्, ‘ममाथि धेरै नै ध्यान केन्द्रित भइरहेको जस्तो लाग्छ, जसले गर्दा मलाई अप्ठ्यारो महसुस भइरहेको छ।’

फ्रान्की डी योङ
गएको सिजन धेरै चर्चामा रहेका युवा खेलाडी हुन्, डी योङ। आयाक्सलाई डच लिग र डच कपको उपाधि जिताउँदा मात्रै होइन च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याउँदासम्म २२ वर्षका डी योङको भूमिका उत्कृष्ट थियो। अहिले स्पेनिस क्लब बार्सिलोना आएका डि योङ आफू सुरुवाती ११ मा पर्न हरसम्भव मेहनत गर्ने बताउँछन्। 

२००४ मा डच क्लब विलियमबाट फुटबल सुरु गरेका योङ २०१५ मा आयाक्सको युवा टिममा गएका थिए। बीचमा एक वर्ष लोनमा विलियम नै पुगेका उनी २०१६ देखि आयाक्समा नियमित खेलाडी थिए। बार्सिलोनाका प्रशंसक समेत रहेका उनी नयाँ सिजनका लागि क्याटलोनिया आएसँगै उनको चर्चा थप चुलिएको छ। 

‘म बार्सिलोनाका लागि महत्वपूर्ण खेलाडीका रुपमा चिनिन चाहन्छु’ डि योङले भनेका छन्, ‘मैदानमा बलसँगै हुँदा निकै खुशी मिल्छ, बल खेलाउनु र टिमसँग साझेदारी गर्नु नै फुटबलको मजा हो, त्यसका लागि बार्सिलोना उपयुक्त क्लब हुने विश्वास छ।’

७५ मिलियन युरोमा बार्सिलोना आएका डि योङले नेदरल्याण्ड्सका लागि यु-१५, यु-१७, यु-१९, यु-२१ हुँदै सिनियर राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्। बार्सिलोनामा सुरुवाती टिममा रहेर खेल्न आतुर डि योङले बार्सिलोनामा रहेर अभ्यास गर्दा निकै रमाइलो भएको अब त्यही निरन्तरता मैदानमा देखाउन आफू इच्छुक रहेको बताएका छन्। 

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्