काठमाडौं– राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी भोलिदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन्।
साउन ४ र ५ गते जनकपुरमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले यादव संयोजक हुने निर्णय गरेको हो।
विगत दुई महिनायता अनिलकुमार झाले संयोजक पद सम्हालिरहेका थिए।
राजपा गठन गर्दा दुईदुई महिनामा चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने भनिए पनि ०७४ बैशाखदेखि ०७५ मंसिरसम्म महन्थ ठाकुर एक्लै संयोजक भएका थिए।
०७५ मंसिरदेखि भने राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारीले यो जिम्मेवारी सम्हालिसकेका छन्।
राजकिशोर यादवसँगै राजपामा सबैले एकएक पटक अध्यक्ष मण्डलको संयोजक हुने अवसर पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।