काठमाडौं- नेपाली कांग्रेसले महाधिवेसन प्रतिनिधिको लागि दुई दिने प्रशिक्षण दिने भएको छ। साउन १६ र १७ मा हुने ७ प्रदेशका १२ स्थानमा हुने भएको छ।
नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण काठमाडौँमा गर्ने निर्णय गरिए पनि मिति तय गरिएको छैन।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले देशभर प्रशिक्षण गर्ने निर्णय गरेको छ। साथै, डा जगदीशचन्द्र पोखरेल संयोजक रहेको प्रतिष्ठानको आधार पाठ्यक्रम समिति गठन गरिएको छ। समितिमा डा आरजु राणा,हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन्।
तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ। निर्देशिका निर्माण समितिमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य छन्।
खिलानाथ दाहालको संयोजक रहेको स्रोत व्यवस्थापन समिति गठन गरिएको छ। समितिको सदस्य सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।