काठमाडौं– काठमाडौंका नारायणगोपाल महर्जन र नुवाकोटकी लक्ष्मी मगरले राखेप च्याम्पियनसिपअन्तर्गत माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन्।
पुरुषको ३६ किलोमिटर दूरी नारायणले २ घण्टा १० मिनेट ३१ सेकेन्डमा पूरा गरे । नेपाल आर्मीका ओकेशराज वज्राचार्य र प्रताप थापा तेश्रो भए।
महिलाको २६ किलोमिटर दूरी लक्ष्मीले १ घण्टा ५३ मिनेट १८ सेकेन्डमा तय गरिन् । आर्मीकी मन्जुकुमारी खड्का र काठमाडौंकी रोजा केसी क्रमशः दोश्रो र तेश्रो भए। फर्पिङमा भएको एकदिने प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।