नयाँ दिल्ली- भारतको राजधानीसमेत रहेको नयाँ दिल्ली राज्यकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ। उनी ८१ वर्षकी थिइन्।
भारतीय कांग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ वर्ष नेतृत्व सम्हालेकी उनको एक निजी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ३ः५५ बजे निधन भएको दीक्षितको पारिवारिक श्रोतले जनाएको छ। दीक्षितलाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिन पहिले फोर्टिस एस्कोर्ट्स अस्पतालमा भर्ना गरिएको थियो।
दीक्षित कांग्रेसकी पुराना नेता उमाशंकर दीक्षितकी बुहारीसमेत हुन्। उनले भारतको केन्द्रीय मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालेकी थिइन्।
दीक्षितको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रतिपक्षी दलका नेताहरू सोनिया गान्धी, राहुल गान्धीलगायतले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।