काठमाडौं– १२औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल शनिबार पोखरामा सुरु भएको छ। ताल बाराही घाटस्थित मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ४ – ० गोल अन्तरले पराजित गरेको छ।
नेपालका लागि म्यान अफ दि म्याच सुनिल विकले खेलको पहिलो हाफको ९ र २४ मिनेटमा गोल गर्दै खेललाई नेपालको पक्षमा पारेका थिए। सुशील लामाले ४२ र ४८ मिनेटमा गरी २ गोल गरे।
अर्को खेलमा बंगलादेशले मालदिभ्सलाई १६ – ० गोल अन्तरले पराजित गर्यो। बंगलादेशका लागि अश्रफुलले एक्लैले ६ गोल गरे । यस्तै उज्जरले ५, तुहिन र कप्तान स्टेफान हकले समान २ र मिसुले एक गोल गरे।
यसअघि नेपालले २००६ मा सातौं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो। २०१० मा श्रीलङकामा आयोजना भएको प्रतियोगितामा नेपाल च्याम्पियनभएको थियो भने बंगलादेशमा आयोजना भएको ११ औं संस्करणमा नेपालले सहभागिता नजनाएको महासचिव डिबी नेपालीले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।