काठमाडौं– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। शनिबार दुबईमा भएको खेलमा नेपाललाई श्रीलंकाले ३ सय ३९ रनले पराजित गरेको हो।
श्रीलंकाले दिएको ४ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल ३३.४ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। नेपालका लागि कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
दुबईको इडन गार्डेन क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४० ओभरको इनिंगमा ५ विकेट गुमाएर ४ सय ९४ रनको विशाल स्कोर जोड्यो। श्रीलंकाका लागि डिमुथु रवीन्द्रले नटआउट १ सय ७० रन र चन्दना देशाप्रीयाले पनि नटआउट १ सय १९ जोडे।
यसअघि नेपाल बुधबार बंगलादेशसँग ४ विकेटले पराजित भएको थियो। मंगलबार भएको पहिलो खेलमा नेपाललाई आयोजक पाकिस्तानले ९ विकेटले हराएको थियो। नेपालले भोली भारतसँग र पर्सी अस्ट्रेलियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।