धनगढी– त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ गोलले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो।
खेलमा सुरुवाती अग्रता भने मनाङले लियो। खेलको आठौं मिनेटमा हेमन गुरुङले गोल गर्दै मनाङलाई अग्रता दिलाए। १२ मिनेटपछि आर्मी खेलमा फर्कियो। आर्मीका लागि कप्तान भरत खवासले २० मिनेटमा बराबरी गोल फर्काएका थिए।
पहिलो हाफको सकिन २ मिनेट बाँकी छदा आर्मीले अग्रता लिन सफल भयो। नवयुग श्रेष्ठले ४३ मिनेटमा गोल गरेर आर्मीलाई अग्रता दिलाएका हुन्।
खेल सकिन ३ मिनेट बाँकी छदा आर्मी तेस्रो गोल गर्दै जिततर्फ लम्केको थियो। सन्तोष तामाङले नवयुग श्रेष्ठले उपलब्ध गराएको पासमा गोल गरेर आर्मीलाई ३–१ को जित दिलाएका हुन्। नवयुग खेलको म्यान अफ दि म्याच घोषित भए।
अब उपाधिका लागि आर्मीले आयोजक टिम सुदुरपश्चिम ११ र एपिएफ मध्ये एक टिमसँग खेल्नेछ। सुदुरपश्चिम ११ र एपिएफबीच दोस्रो सेमिफाइनलमा आइतबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।