• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नील आर्मस्ट्रङले जब पहिलो पटक चन्द्रमामा पाइला राखे

64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  १४:०५
1140x725

मानिसले पहिलो पटक चन्द्रमा पुगेको आज ५०औं वर्ष पुगेको छ। २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्षयात्री नील आर्मस्ट्रङ चन्द्रमामा पहिलो पाइला राख्ने व्यक्ति भएका थिए।

नील नासाको सबैभन्दा दक्ष अन्तरिक्ष यात्रीमध्ये एक थिए। २० जुलाईमा जब उनी अन्तरिक्ष यात्रीको रुपमा चन्द्रमाको सहतमा पाइला अघि बढाउँदै थिए, यो मिसनमा जोडिएका हजारौं मानिसको धड्कन तीव्र बनेको थियो।

यो मिसनको सफलता नीलको कुशल क्षमता र परिस्थितिलाई सम्हाल्न सक्ने क्षमताले समेत काम गरेको थियो। नीलको यान छेउमा उबाड–खाबड चन्द्रमा थियो। इन्धन सकिँदै जान लागेको अलार्म बजिरहेको थियो। तर नीलले उक्त समयमा सहज रुपमा आफ्नो यानलाई चन्द्रमाको सतहमा उतारे। यो मानिसका लागि लामो छलाङ थियो। नीलले आफ्नो मिसनबारे अन्तर्वार्ता दिँदा यो सफलता हजारौं मानिसको योगदानका कारण सफल भएको भन्ने गरेका थिए। 

नासाको अनुमानमा एपोलो ११ मिसनमा करिब ४ लाख मानिस जोडिएका थिए। अन्तरिक्षमा जाने यात्रुदेखि मिसन कन्ट्रोलर, ठेकेदार, इन्जिनियर, वैज्ञानिक, नर्स, डाक्टर, गणितज्ञ लगायत।

नीलसँगै बज एल्ड्रिन 
चन्द्रमामा उत्रने लुनरले दुई जना लिएर गएको थियो। नीलसँगै थिए, बज एल्ड्रिन पनि।

मिसनको समयमा २०–३० जनाको कोर टिम हरसमय सक्रिय रहेका थिए। यसबाहेक नासाको ह्युस्टनस्थित मुख्यालयमा बोष्टनको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका सल्लाहकारको टिम नै खटिएको थियो। 

चन्द्रमा उत्रँदा नील ३८ वर्षका थिए।  त्यस्तै जोन ग्लेन पृथ्वीको परिक्रममा गर्ने पहिलो अन्तरिक्ष यात्री थिए। उनी ७७ वर्षको उमेरमा स्पेस सटल डिस्कभरीबाट १९९८ मा अन्तरिक्षा जाने सबैभन्दा पाका व्यक्ति थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

एपोलो कुल ११ वटा मिसनमा ३३ जना अन्तरिक्ष यत्रीहरु अन्तरिक्षमा पुगेका थिए। यसमध्ये २७ जना चन्द्रमा पुगे भने २४ जनाले चन्द्रमाको परिक्रमा गरेका थिए। १२ अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सहतमा पाइला राख्ने मौका मिलेको थियो। 

चन्द्रमा यात्राले झन्डै सम्बन्ध तोडियो 
चन्द्रमा यात्रा गर्ने वैज्ञानिकहरुको जीवनमा धेरै रमाइला घटना मात्र भएका छैनन्। पारिवारिक तनावसमेत भोग्नुपरेको छ। 

त्यसमध्येका एक चार्ली ड्युक हुन्। यही यात्राको क्रममा ड्युकले श्रीमतीसँगको सम्बन्ध नै झन्डै तोड्नुपरेको थियो। अर्का अन्तरिक्षयात्री जपनी सर्ननको त बिहे नै तोडिएको थियो। बज एल्ड्रिन मदिरा र डिप्रेसनको सिकार भएका थिए। एलन बीन कलाकार बने भने एड मिशेल रहस्यवादी। 

यो चाहिँ पक्का देखियो कि चन्द्रमामा उत्रेका १२ अन्तरिक्ष यात्रु सधैंका लागि बदलिए।

एपोलो ११ मा महिला पनि थिए  
एपोलो मिसनको कथामा कतै पनि महिलाको कुरा आएको सुनिँदैन। मिसनको सबै अन्तरिक्षयात्री पुरुष थिए। मिसन कन्ट्रोलर समेत पुरुष। टिभी प्रस्तोता पनि पुरुष नै।

तर टेलिभिजनमा केही महिला पनि देखिएका थिए। यी महिला अन्तरिक्ष यात्रुका श्रीमतीहरु थिए। यो मिसनमा हजारौं महिला समावेश भएका थिए। मिसन सफल बनाउन उनीहरुको भूमिका महत्वपूर्ण थियो। यसमा नर्सहरुसमेत रहेका थिए। केही गणितज्ञ महिला पनि मिसनमा जोडिए।

मिसन प्रोग्रामरदेखि अन्तरिक्ष यात्रुको स्पेस सुट सिलाउने जिम्मेवारी महिलाहरुले पाएका थिए। कैयौं महिला मिसन कन्ट्रोलरर्सका लागि तार बिछ्याउने परियोजनाको हिस्सेदार भएका थिए। 

केप कैनाबरलस्थित मिसन कन्ट्रोलमा एक महिला इन्जिनियर रहेकी थिइन्। उनको काम सञ्चारका २१ च्यानलको मर्मत गर्नु थियो। जोआन मोर्गन नामकी उनले मिसनमा धेरै योगदान गरेकी थिइन्। कार्यस्थलमा महिलाका लागि अलग कक्ष र शौचालयसमेत निर्माण भएको थिएन। 

१९६० मा एपोलो मिसन सुरु 
यो मिसनको बिजारोपण जुलाई १९६० मा भएको थियो।  तत्कालीन समयमा कुनै पनि मानिस चन्द्रमामा पुगेका थिएनन्। नासाले मर्करी मिसन सुरु गर्न तीन वर्ष बाँकी रहेको थियो।

एपोलो मिसन सुरुवात भने १९६१ मा भयो। अर्बौं डलरको यो प्रोजेक्ट तत्कालीन समयमा नासाको सबैभन्दा महत्वपूर्ण मिसन थियो। यसमा हजारौं वैज्ञानिक सहभागी थिए। अन्त्यमा ३३ अन्तरिक्ष यात्रीलाई छानेर तामिल दिइएको थियो। 

आउँदो जुलाई २० मा  मिसन सफलताको ५० वर्ष पूरा हुँदैछ। जब नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पाइला राखे, त्यसबेला असम्भव काम सम्पन्न भएको थियो। 

जब एलिनलाई पिसाबले च्याप्यो 
यस्तै यो मिसनमा जाँदा अन्तरिक्षयात्री खाना के खान्छन्, पिसाब लागेमा उनीहरुले के गर्लान् जस्ता कुरामा धेरै चर्चा र चासो भएको थियो। 

नासाका पहिलो अन्तरिक्षयात्री एलन शेपर्डले १९६१ मा आफ्नो उडान भरेका थिए। उड्नुअघि उनी जस्ता यात्रीलाई भरपुर मात्रामा खुवाउने गरिन्थ्यो। शेपर्डको पोषण र क्यालोरीले भरिपूर्ण भएको खाजा खुवाइएको थियो। जसमा फाइबर कम हुने गर्दछ। यसो किन गरिन्छ भने उनीहरुले उडिरहेको समयमा दिसा गरिरहनुपर्ने (मल त्याग) आवश्यकता हुँदैन। 

मिसनभन्दा पहिलो अन्तरिक्षयात्रीलाई कफी पिउनसमेत रोक लगाइन्छ। पहिलो मिसनमा यस्तो एउटा घटना भयो कि पिसाब नलाग्ने सबै अनुमान फेल खाए।

पहिलो मिसन केवल १५ मिनेटको थियो। डाक्टरले सोचेका थिए, यति समय त शेपर्डले थेग्न सक्नेछन्। तर काउन्टडाउन नसकिँदै समस्या आइलाग्यो। अन्तरिक्षमा पुगेलगत्तै शेपर्डलाई पिसाब लाग्यो। 

सोही दिन अमेरिकी टिभी च्यानल एनबिसीमा जे बारब्री यो मिसनको कमेन्ट्री गरिरहेका थिए। उनी अहिले पनि उक्त घटना सम्झन्छन्। 

‘उनीहरुले एलन शेपर्डको रकेटको नोकमा क्याप्सुलझैं बन्द गरेर पठाएका थिए, तर पिसाब गर्ने कोही व्यवस्था थिएन। दुई घन्टापछि उनले  मिसनको कन्ट्रोलरुमसँग पिसाब गर्ने अनुमति मागे। एक पटक मात्र नभई उनले आफूलाई पिसाबले च्यापेकाले कहाँ गर्ने हो भनी पटकपटक अनुमति मागे। अन्त्यमा नासाको कन्ट्रोल रुपले उनलाई पिसाब आफ्नै कपडामा फेर्ने अनुमति दियो। पिसाब गर्नका लागि कुनै पनि अतिरिक्त व्यवस्था नभएको भन्दै उनीहरुले आफ्नै कपडामा गर्न भनेपछि उनले पिसाब गरे। त्यसको नतिजा उनको स्पेससुटमा रहेको मेडिकल सेन्सर खराब भयो। 

पिसाब गर्न कन्डमजस्तै थैलो 
यही घटनाबाट पाठ सिकेर एपोलो मिसनमा नासाले अन्तरिक्ष यात्रीहरुका लागि व्यवस्था गर्‍यो। नासाले अन्तरिक्षयात्रीका लागि पिसा गर्न कन्डमजस्तै लाग्ने थैलो उपलब्ध गराएको थियो। यात्रुहरुले पिसाब गरेपछि त्यसलाई डिस्पोजलमा राखिन्थ्यो। त्यस्तै दिसा गर्नका लागि प्लास्टिकको ब्याग दिइएको थियो। उनीहरु आफूले सकेसम्म त्यसलाई कन्ट्रोल गर्ने गर्दथे। यसरी रोक्दा पनि असम्भव भएपछि मात्र उनीहरुले मलमूत्र विर्सजन गर्थे। 

यसरी पहिलो पटक अन्तरिक्ष यात्राका क्रममा रोक्नै नसकेर बाध्यतामा परेका अन्तरिक्षयात्री हुन्, वाल्टर कनिंघम। 

‘अन्तरिक्षमा सबै काम ठिकठाक भइरहेको छ भनेर सुनिश्चित गर्न एकदम मुस्किल थियो। तपाईं सबै कुरा रोकेर राख्न सक्नुहुन्छ तर मलमूत्र विर्सजन गर्न असम्भव रहेछ,' उनी भन्छन्, ‘ यसरी बाध्यतामा तपाईं मल प्लास्टिक ब्यागमा राख्नुहुन्छ। केही गोली हालेर त्यसको गन्ध रोक्न जरुरी हुन्थ्यो भने त्यसलाई नष्टसमेत गराउनुपर्ने हुन्थ्यो। यो एकदम खराब काम हो।’

(रिचर्ड होलिङ्गमले बिबिसी फ्युचरका लागि तयार पारेको यो सामग्री दुर्गा दुलालले अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्