काठमाडौं- नेपाली महिलाहरूको विशेष पर्व 'तीज'केन्द्रित गीत ‘डिस्को नाच्न होे’ बजारमा आएको छ।
शान्ति रिजाल र सुन्दर लामिछानेको स्वर रहेको गीतमा गायक लामिछानेले कै शब्द/संगीत रहेको छ।
गीतको म्युजिक भिडियोमा हास्य कलाकार निरु खड्का ‘निर्मली’ र यादव देवकोटा‘सरापे’को अभिनय देख्न सकिन्छ।
भिडियोको निर्देशन निर्मली स्वयंले गरेकी छन्। भिडियोको छांयाकन गोकुल अधिकारीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।