डुनेडिन– पाकिस्तान क्रिकेट टिममा एकदिवसीय क्रिकेटमा २६ वर्ष यताकै खराब ब्याटिङ गरेको छ। शनिबार न्युजिल्यान्ड विरुद्धको तेस्रो एकदिवसीय खेलमा पाकिस्तान ७४ रनमा अलआउट भएको हो।
यो योगफल पाकिस्तानको एकदिवसीय खेलमा तेस्रो सानो तथा २६ वर्षपछिको सबैभन्दा कम हो। यसअघि पाकिस्तान सन् १९९२ मा इंग्ल्यान्डविरुद्ध पनि ७४ रनमै अलआउट भएको थियो।
२ सय २८ रनको लक्ष्य पछ्याएको पाकिस्तान सस्तैमा समेटिएपछि खेल न्युजिल्यान्डले १ सय ८३ रनले जित्यो। जितसँगै न्युजिल्यान्डले ५ खेलको सिरिज ३–० ले जितेको छ।
शनिबार पाकिस्तानका लागि एघारौं नम्बरका ब्याट्सम्यान रुमान रहिसले सबैभन्दा बढी १६ रन रन जोडे। कप्तान सर्फराज अहमेदले नटआउट १४ रन र मोमहद अमिरले पनि १४ रननै बटुले। फहिम असरफले १० रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा बटुल्न सकेनन्।
पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले ५ विकेट लिए। कोलिन मुनरो र लोकी फर्ग्युसनले २–२ विकेट लिए।
त्यसअघि न्युजिल्यान्ड ५० ओभरमा २ सय ५७ रनमा अलआउट भयो। न्युजिल्यान्डका लागि केन विलियमसनले ७३ रन र रोश टेलरले ५२ रनको योगदान दिए। ओपनर मार्टिन गुपटिलले ४५ रन र टम लाथम ३५ रन बटुले। बलिङतर्फ पाकिस्तानका रुमेस रहिस र हसन अलीले ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।