बेइजिङ- चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना सम्पर्कबिहीन भएका छन्।
देशको मध्य भागमा रहेको हेनान कोल ग्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते भएका चिनियाँ अधिकारीहरुले जनाएका छन्।
स्थानीय समयअनुसार शुक्रबार बेलुका ५:५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ। विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।