बेइजिङ- इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा संलग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध हटाउन वासिङ्टनसँग औपचारिक रुपमा आग्रह गरिएको बेइजिङले शुक्रबार जनाएको छ।
'चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सवै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमानदारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,' विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा भने।
गेङले अमेरिकाको तेहरानमाथि प्रतिबन्धका माध्यमबाट ‘चरम दबाब’ र ‘लामो दूरीको हतियारमाथिको अख्तियारी’ नै इरान आणविक समस्याको विवादको ‘मुख्य कारक’ भएको बताएका छन्।
इरानी, बेल्जियन र चिनियाँ कम्पनीले इरानको ‘सेन्ट्रिफ्युज टेक्नोलोजी कम्पनी’का लागि प्रबन्ध सञ्जालका रूपमा काम गरेको र यसका कारण इरानी आणविक शक्ति सङ्गठनलाई हतियार निर्माणमा सहज भएको आरोप अमेरिकी वित्त मन्त्रालयले बिहीबार लगाएको थियो।
उक्त सञ्जाललाई इरानी कम्पनी बख्तर राद सेपाहन र यसका समुद्रपार रहेका सम्बद्ध कम्पनी तथा फर्मले नेतृत्व गरेको थियो। यसमा चिनियाँ कम्पनी 'हेनान जियुआन आलुमिनियम उद्योग कम्पनी' पनि सामे थियो। योसँगै अमेरिकाले जियुआनमाथि पनि प्रतिबन्ध लगाएको छ।
अन्य प्रतिबन्धित कम्पनीमा चीन र बेल्जियममा रहेका अग्रणी कम्पनीहरूसमेत रहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।