काभ्रे– काभ्रेको बनेपामा दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ। प्रतियोगिता माघ १२ र १३ गते बनेपाको पोलिटेक्निक मैदानमा आयोजना हुनेछ।
प्रतियोगितामा सात प्रदेशबाट १ सय २० महिला तथा पुरुष खेलाडीले १० तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नेपाल एकायन कराते संघको आयोजना र काभ्रे एकायन कराते संघको सहआयोजनामा हुन लागेको हो।
प्रतियोगिताका लागि नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको अध्यक्षतामा काभ्रे जिल्ला समितिका अध्यक्ष सुनील तामाङ संयोजकत्वमा ९ सदस्यीय प्रतियोगिता संचालन व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
दुई वर्षअघि स्थापना भएको एकायन कराते संघले नुवाकोट, काभ्रे, मकवानपुर, धादिङ, चितवन, बाँके, भक्तपुर, ललितपुर, पर्सा, कास्की, कैलाली, ओखलढुंगा, सोलुखुम्बु, महोत्तरी जिल्लामा शाखा स्थापना गर्दै स्थानीय र राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।