काठमाडौं- स्वास्थ्यमन्त्री दीपक बोहारले अनसनरत डा गोविन्द केसीसँग आज साँझ साढे ७ बजे त्रिवि शिक्षण अस्पतालमा वार्ता गर्ने भएका छन्।
मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गर्ने बुझिएको छ।
मन्त्री बोहोराले डा केसीले उठाएका माग आशिंक रुपमा सर्वोच्च अदालतले सम्बोधन गरिसकेकाले अनसन तोडाउन प्रयास गर्ने बताइएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनसन थालेका डा केसीले भने आफ्नो अडानबाट पछि नहट्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।