पोखरा– राखेप च्याम्पियनसिप अन्तर्गतको राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नेपाली सेनाका कमलबहादुर अधिकारीले पुरुष तर्फको स्ट्रङ्गगेष्ट र उत्कृष्ट लिफ्टर खेलाडीको उपाधी समेत जितेका छन्।
महिला तर्फको स्ट्रङ्गगेष्ट खेलाडीमा नेपाल प्रहरीकी तारादेवी पुन र उत्कृष्ट लिफ्टर खेलाडीमा नेपाली सेनाकी सञ्जु चौधरी रहे । विजयी प्रत्येक खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गरे।
यसैगरि राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरुले पनि नगद ५ हजार प्राप्त गरे। प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान कायम भए।
तीन दिने प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।