काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड तय गरेको छ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा नगरेको तथा समानुपातिक सूचीमा पनि नपरेको व्यक्ति हुने पर्ने मापदण्ड तय भएको एमाले सचिव योगेश भट्टराइले बताए।
एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको हो।
पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै विभिन्न क्षेत्रमा योगदान पुर्याएका, विभिन्न विषयका विज्ञ हुनु पर्ने पनि एमालेको मापदण्डमा उल्लेख छ ।
एमालेले माघ ५ गतेभित्रै उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ।
सरकारले राष्ट्रियसभा निर्वाचन माघ २४ मा गर्ने घोषणा गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।