काठमाडौं- 'मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ का विजेता राज खड्काले आगामी मार्च १४ देखि १९ सम्म थाइल्यान्डमा आयोजना हुने 'मिस्टर ग्लोबल टिन २०१८' मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्।
काठमाडौं बिशालनगरस्थित सासा इभेन्ट भेन्युमा आयोजित 'मिस्टर ग्ल्यामरस आइकन टिन'को दोस्रो संकरण अन्तर्गत विजेता बनेका खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर एवं कार्यक्रमका अतिथि कमल क्षेत्रीले थाइल्यान्डमा आयोजना हुने 'मिस्टर ग्लोबल टिन–२०१८' को प्रतियोगितामा पठाउने प्रावधान भए अनुरुप सिफारिस गर्ने बताए।
क्षेत्रीले भने, 'विजेताका लागि आफूलाई अन्तर्राष्ट्रियस्तरमा उभ्याउने दुर्लभ अवसर मिल्छ।
खड्कालाई मिस्टर ग्लोवल नेपाल २०१६ का दिक्पाल कार्कीले मेन्टरका रूपमा कोरियोग्राफी प्रशिक्षण दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।