• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'भिसिटिएस'को विरोधमा देशभरका टान्सपोर्ट बन्द, मालबाहक सवारी ग्यारेजमा थन्किए

निर्णय फिर्ता नभएसम्म ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी
64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  ११:०४
1140x725

बुटवल- ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लागू गर्ने गरी सरकारले बुधबारदेखि नयाँ व्यवस्था लागु गर्‍यो।

सोही व्यवस्थाको विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार नै मुलुकभरका टान्सपोर्ट कम्पनी बन्द गरिएका छन्। व्यवसायीहरुले आफ्ना मालबहाक ट्रकलाई घर तथा ग्यारेजमा थन्काएको बताएका छन्।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा मालबाहक ट्रकलाई अनलाइनमार्फत निगरानी गर्ने नीति ल्याएको र उक्त नीति बुधबारदेखि लागू गर्ने घोषणा अव्यवहारिक भएको भन्दै व्यवयायीहरु आन्दोलनमा उत्रिएका हुन्। सो नीति नसच्याएसम्म मालबाहक सवारी साधन र टान्सपोर्ट सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीले व्यवसाय ठप्प पारेका हुन्।

यसअघि नै ट्रक तथा ढुवानी व्यवसायीले ढुवानीमा भ्याट र अनलाइन प्रणालीमार्फतको निगरानी तुरुन्त सच्याउन सरकारसँग माग गर्दै आएको थियो। सरकारले उक्त नीति नसच्याए साउन १ गतेदेखि आफ्ना सबै मालबाहक सवारीसाधन घर तथा ग्यारेजमा थन्काउने र व्यवसाय बन्द गर्ने उद्घोष गरेका थिए।

सरकारले लागू गर्न खोजेको उक्त प्रणालीले यातायात तथा ढुवानी व्यवसाय नै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने निष्कर्ष व्यवसायीको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एकतर्फिरुपमा व्यवसायीमाथि उक्त नीति लाद्न खोजको र व्यवहारिक नभएकाले तत्काल सच्याउन माग गरे।

अनलाइन प्रणालीमार्फतको निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण पनि तत्काल लागू गर्न कठिन भएको वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

महासघंका प्रदेश ५ संयोजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक व्यवसाय क्षेत्रका समस्या बुझ्दै नबुझी एकपछि अर्को गरी अव्यवहारिक नीति ल्याउँदा व्यवसायीहरु समस्यामा पर्ने गरेको गुनासो गरे। उनले व्यवसायीले व्यवसाय सञ्चालन गर्न नसक्ने भएर आ-आफ्ना सवारीसाधन घर तथा ग्यारेजमा थन्काएको जिकिर गरे।

ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल घिमिरेले सरकारले ल्याएको नीतिअनुसार व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै व्यवसायीहरुले मालसामान बुकिङ तथा ढुवानी नगरी पसल बन्द गरेको बताए।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार काठमाडौंमा भिसिटिएसको शुभारम्भ गरेका थिए। भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसारपसार गर्नुपर्ने व्यवस्था हो।

Xtrem

Xtrem

भैरहवा वितरक संघ पनि विरोधमा
आन्तरिक राजस्व अनुसन्धान विभागले साउन १ गतेबाट सुरु गरेको भिसिटिएस पद्धति लागू भएकोमा उक्त पद्धतिमा रही काम गर्न तत्काल आफू मातहतका सदस्य वितरक तथा थोक व्यवसायीहरुलाई कठिनाइ भएको भैरहवा वितरक संघले जनाएको छ।

उक्त पद्धति आफू मातहतका सवै सदस्य एवम् भैरहवा क्षेत्रका वितरकहरुले तत्काल कार्यान्वयन गर्न नसक्ने संघका अध्यक्ष राजकुमार जोशीले स्पष्ट पारे। जोशीले सेवामुलक रुपमा दिइँदै आएको 'डोर टू डोर' ढुवानी सेवा अर्काे सूचना जारी नहुँदासम्मको लागि प्रदान गर्न नसकिने उनको भनाइ छ।

उनले संस्थाको यो निर्णयका कारण आम उपभोक्ताहरुमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेका छन्।

संघका महासचिव कुलानन्द पोखरेलले यो पद्धति लागू गर्ने निर्णय तत्काल स्थगन गरी व्यवसाय गर्ने वातावरण सिर्जना गर्न माग गरे।

वितरक व्यवसायमा संलग्न व्यवसायीहरु अधिकांश स्वरोजगार व्यवसायीहरु रहेका तथा उक्त व्यवसायमा हालसम्म दक्ष कर्मचारीहरु नरहेको अवस्था रहेकोले यो प्रणाली लागू गर्दा व्यवसाय सञ्चालनमा प्राविधिक रुपमा समेत कठिनाइ हुने उनको भनाइ छ। 

साथै स्थानीय स्तरमा अधिकांश पसलहरुमा 'डोर टू डोर' समानहरु पुर्‍याउनु पर्ने हुँदा ज्यादै न्यून कमिसनमा कार्य गर्नुपर्ने भएकोले यो पद्धतिबाट व्यवस्थापन पक्ष खर्चिलो र झन्झटिलो हुने तथा अव्यवहारिक देखिने भैरहवा वितरक संघले विज्ञप्तिमार्फत ठहर गरेको छ।

भिसिटिएस अव्यहारिक : उद्योगी, व्यवसायी 
भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै उद्योगी व्यवसायीले विरोध जनाएका छन्।

भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु सकारात्मक भए पनि तत्काल कार्यन्वयन गर्न नसकिने खालका रहेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन्।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अगुवाइमा व्यवसायीहरुले सरकारले ल्याएको उक्त नीतिको विरोध गर्दै र्‍यालीसमेत निकालेका छन्। सरकारले प्रणालीगत सुधार नगरी भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम लागू गर्न लागेको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गरेका हन्।

साउन १ गते देखि अनलाइनमा आधारित सूचना प्रणालीमा विवरण नभरी सामान ओसारपसार गर्न नपाइने नियम राजस्व अनुसन्धान विभागले सुरु गरेको छ।

बिना तयारी ल्याइएका नियमहरु एकैपटक लागू गरेर जाँदा अव्यवहारिक हुने  तथा त्यस्ता प्रावधानले समग्र उद्योग व्यवसाय क्षेत्र नै धरासायी र बन्द हुने अवस्थामा पुग्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन्।

उद्योगी व्यवसायीलाई प्रत्यक्ष असर पार्ने गरी बिना तयारी ल्याइएका सबै श्रमिक अनिवार्य प्यानमा दर्ता हुनुपर्ने अन्यथा खर्च मान्य नहुने, अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकरण हुनुपर्ने र ढुवानी व्यवसायमा लागू भएको भिसिटिएसलगायतका नियमहरु तत्काल लागू गर्न कठिन हुने उनले प्रष्ट पारे।

समस्या समाधानका लागि संघले सम्बन्धित निकायमा संशोधनको लागि आवश्यक निर्देशन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलमार्फत प्रधानमन्त्री केपी ओलीलाई १६ बुँदे सुझावहरु समेटिएको ज्ञापनपत्रसमेत बुझाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्