• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘धेरै माया दिँदा रै’छन्’ : यसरी पायो गीतले ‘किलर सङ’ को परिचय 

64x64
नेपाल लाइभ शुक्रबार, पुस २८, २०७४  ०८:३६
1140x725

'धेरै माया दिँदा रै'छन्' गीतलाई धेरैजनाले मेरो आफ्नै कहानी ठान्छन्। तर, यो गीत लेखिनुको कारण धेरैले सोचेको भन्दा बिलकुल फरक छ। यो गीत लेखिनुको कारणबारे आजसम्म जति जनालाई सत्य कुरा भन्दै आएको छु, नपत्याउनेको संख्या धेरै छ। प्रेम-वियोगको भाव बोकेको गीत भन्नेबित्तिकै गीतकारले आफ्नै प्रेमजीवनको कुरा लेख्यो भनेर चर्चा गर्न सजिलो पनि छ। तर, गीतकार आफ्नो संसारमा मात्र सीमित हुँदैन। यो गीत जन्मिँदाको समयतिर मलाई माया-प्रेम भन्ने थाहै थिएन, त्यसमा परेको भए पो थाहा होस्!

१४-१५ वर्षको उमेरदेखि नै मैले गीत र कविताको ढाँचा जानेर लेख्न थालेकी हुँ। पछि गीत लेखनबारे राम्ररी बुझेर लेख्ने क्रममा एक दिन एउटा घटनाले निकै छोयो। करिब १५ वर्षअघिको कुरा। विभिन्न टेलिसिरियलमा अभिनय गर्ने पाइलट विजय गिरीको 'विमानचालक' भन्ने सिरियलमा म त्यो समय निकै मोहित भएको थिएँ। नेपाल टेलिभिजनमा प्रसारण हुने त्यो सिरियलको विशेष गरी 'विमानचालक छ तिम्रो आकाश विमान उडाउनको लागि' बोलको गीत एकदमै मन पर्थ्यो। त्यही गीतकै लागि भए पनि म सिरियल हेर्थेँ।

विधिको विधान, स्काइलाइन्स एयसरलाइन्सको विमान उडाउने क्रममै दुर्घटनामा विजय गिरीको मृत्यु भएको खबर आयो। त्यो दिन बेलुका मन निकै पिरोलियो। परिवारलाई कति आघात पर्‍यो होला भन्ने लाग्यो। आफू गीतकार पनि भएकाले मैले कल्पना गरेँ, 'उहाँ मेरो श्रीमान् र म उहाँकी श्रीमती भएको भए उहाँको मृत्यु हुँदा मभित्र कस्तो भाव आउँथ्यो होला, उहाँको यादमा कसरी लेख्थेँ होला!' रेडियोमा उहाँको मृत्युको समाचार बजिरहेको थियो। राति आठ बजे गीत लेख्न बसेकी मैले आधा घन्टामा पूरा गरेँ। लेख्नेबित्तिकै दिदीलाई सुनाएँ, सधैं रचना सुनाएर दिक्क पारिरहने भएकाले दिदीले सामान्य हिसाबले नै 'राम्रो लेखिस्' भन्ने प्रतिक्रिया दिनुभयो।

२०५९ सालमा संगीतकार अर्जुन नेपालीसँग भेट भएपछि उहाँको एकल संगीत र मेरो एकल रचनामा सँगै एलबम गर्ने कुरा भयो। डायरीबाट गीतहरू छान्ने क्रममा उहाँले 'धेरै माया दिँदा रै'छन्' पनि छान्नुभयो। गीत कम्पोज भएपछि निकै राम्रो बन्यो। यो गीत सुरुमा रामकृष्ण ढकाललाई गाउन लगाउने कुरा थियो। तर, त्यतिबेला अमेरिकामा रहनुभएको उहाँ एक महिनामा फर्किने कुरा भए पनि बसाइ लम्बिएपछि हामीले कुर्न सकेनौं। पछि स्वरूपराज आर्चायलाई गाउन लगाइयो।

'वियोग' नाम राखेर एलबमको लागि ६० सालमा प्राइम स्टुडियोमा गीतहरू रेकर्ड भए। रेकर्डिङ हुने दिनहरूमा म समयमै स्टुडियो पुग्थेँ, तर विभिन्न कारणले रेकर्डिङको समय केही घन्टा पछाडि सर्दा कुरिरहनुपर्थ्यो। स्टुडियोका कर्मचारीहरूले मप्रति माया देखाउँदै 'यो बहिनी यहाँ आएर कुरिराखेको हुन्छ, को होला है' भनेर आपसमा कुरा गर्थे। ती दिन कहिल्यै बिर्सिन्नँ।

देशमा संकटकाल लागेकाले केही कुराको लागि पनि अनुकूल समय थिएन। सँगै बजार प्रवर्द्धन गर्ने कुरा भए पनि पछि संगीतकारले आफ्नो पैसा लिएर छुट्टिनुभयो। पहिलो एल्बम भएकाले केही कुराको मेसो नभए पनि जसोतसो एक्लै दौडिएँ। एक वर्षम्म एलबमले बजारमा खासै प्रभाव नपार्दा निराश भएँ म। पछि बिस्तारै निकै हिट भयो। अडियो क्यासेट जम्मा एक लाख र सिडी ६ हजार प्रति बिक्री भयो। सिआरबीटी त्यतिबेला भर्खर प्रचलनमा आए पनि केही पछि मात्रै राखियो। एक लाख ८५ हजार पटकभन्दा बढी डाउनलोड भएछ यो गीत।

एल्बम निकाल्न जम्मा एक लाख रुपैयाँ खर्च भएको थियो। हामी पाँच दिदी-बहिनी भए पनि घरमा छोरीप्रति भेदभाव थिएन। एक जनालाई केही गरिदिँदा सबैलाई उस्तै हुनुपर्ने भएकाले बुवालाई अप्ठेरो नपरोस् भनेर मैले मेरो बिहे गर्ने पैसा एल्बममा लगाउँछु भनेँ। बुबाले इच्छा छ भने गर् भनेर स्वीकृति दिनुभयो।

यो गीतको अँध्यारो पाटो पनि छ। गीत सुनेर नेपालमा एक जना र दार्जिलिङमा दुई जनाले आत्महत्या गरेको कुरा सुनियो। गीतकारको रूपमा स्वार्थवश भन्ने हो यो अँध्यारो पाटो मेरो लागि उज्यालो हो, आफ्नो गीतको शक्ति र सफलता देखिन्छ। तर, मानवीय हिसाबले निकै दुःख लाग्यो। उतिबेला कतिपय नजिकका मान्छेले यसैलाई स्क्यान्डल बनाएर एल्बम अझ हिट बनाउन सुझाव पनि दिएका थिए।

Ncell 2
Ncell 2

तर, कसैको जीवनको मूल्य र मृत्युलाई आफ्नो फाइदाको लागि उपयोग गर्न मन मानेन।

***

धेरै माया दिँदा रै'छन् मुटु जोडेर जानेहरू 
यादमा डुबी बाँच्दा रै'छन् मुटु जोडेर बस्नेहरू 
लाग्ने होइन थकाइ नै पिरतीलाई कुर्नेहरू 
पर्खाइमै मर्दा रै'छन् साँचो माया गर्नेहरू।

छाडिगयौ किन तिमी दुनियाँमा एक्लै मलाई 
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई 
थाहा थियो तिमीबिना बाँच्ने आधार छैन अरु 
तिम्रो वियोगमा जलिरहेँ यत्तिकैमा मर्छु बरु।

दैव पनि भो बैगुनी पारिदियो हाम्रो बिछोड 
सँगै पनि जान दिएन केवल दियो मुटुमा चोट 
पलपल सम्झनामा आउँछौ तिमी म के गरूँ 
साँझमा दियो बाली कुर्छु निभेर जाँदा सँगै मरूँ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित)
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्