• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘धेरै माया दिँदा रै’छन्’ : यसरी पायो गीतले ‘किलर सङ’ को परिचय 

64x64
नेपाल लाइभ शुक्रबार, पुस २८, २०७४  ०८:३६
1140x725

'धेरै माया दिँदा रै'छन्' गीतलाई धेरैजनाले मेरो आफ्नै कहानी ठान्छन्। तर, यो गीत लेखिनुको कारण धेरैले सोचेको भन्दा बिलकुल फरक छ। यो गीत लेखिनुको कारणबारे आजसम्म जति जनालाई सत्य कुरा भन्दै आएको छु, नपत्याउनेको संख्या धेरै छ। प्रेम-वियोगको भाव बोकेको गीत भन्नेबित्तिकै गीतकारले आफ्नै प्रेमजीवनको कुरा लेख्यो भनेर चर्चा गर्न सजिलो पनि छ। तर, गीतकार आफ्नो संसारमा मात्र सीमित हुँदैन। यो गीत जन्मिँदाको समयतिर मलाई माया-प्रेम भन्ने थाहै थिएन, त्यसमा परेको भए पो थाहा होस्!

१४-१५ वर्षको उमेरदेखि नै मैले गीत र कविताको ढाँचा जानेर लेख्न थालेकी हुँ। पछि गीत लेखनबारे राम्ररी बुझेर लेख्ने क्रममा एक दिन एउटा घटनाले निकै छोयो। करिब १५ वर्षअघिको कुरा। विभिन्न टेलिसिरियलमा अभिनय गर्ने पाइलट विजय गिरीको 'विमानचालक' भन्ने सिरियलमा म त्यो समय निकै मोहित भएको थिएँ। नेपाल टेलिभिजनमा प्रसारण हुने त्यो सिरियलको विशेष गरी 'विमानचालक छ तिम्रो आकाश विमान उडाउनको लागि' बोलको गीत एकदमै मन पर्थ्यो। त्यही गीतकै लागि भए पनि म सिरियल हेर्थेँ।

विधिको विधान, स्काइलाइन्स एयसरलाइन्सको विमान उडाउने क्रममै दुर्घटनामा विजय गिरीको मृत्यु भएको खबर आयो। त्यो दिन बेलुका मन निकै पिरोलियो। परिवारलाई कति आघात पर्‍यो होला भन्ने लाग्यो। आफू गीतकार पनि भएकाले मैले कल्पना गरेँ, 'उहाँ मेरो श्रीमान् र म उहाँकी श्रीमती भएको भए उहाँको मृत्यु हुँदा मभित्र कस्तो भाव आउँथ्यो होला, उहाँको यादमा कसरी लेख्थेँ होला!' रेडियोमा उहाँको मृत्युको समाचार बजिरहेको थियो। राति आठ बजे गीत लेख्न बसेकी मैले आधा घन्टामा पूरा गरेँ। लेख्नेबित्तिकै दिदीलाई सुनाएँ, सधैं रचना सुनाएर दिक्क पारिरहने भएकाले दिदीले सामान्य हिसाबले नै 'राम्रो लेखिस्' भन्ने प्रतिक्रिया दिनुभयो।

२०५९ सालमा संगीतकार अर्जुन नेपालीसँग भेट भएपछि उहाँको एकल संगीत र मेरो एकल रचनामा सँगै एलबम गर्ने कुरा भयो। डायरीबाट गीतहरू छान्ने क्रममा उहाँले 'धेरै माया दिँदा रै'छन्' पनि छान्नुभयो। गीत कम्पोज भएपछि निकै राम्रो बन्यो। यो गीत सुरुमा रामकृष्ण ढकाललाई गाउन लगाउने कुरा थियो। तर, त्यतिबेला अमेरिकामा रहनुभएको उहाँ एक महिनामा फर्किने कुरा भए पनि बसाइ लम्बिएपछि हामीले कुर्न सकेनौं। पछि स्वरूपराज आर्चायलाई गाउन लगाइयो।

'वियोग' नाम राखेर एलबमको लागि ६० सालमा प्राइम स्टुडियोमा गीतहरू रेकर्ड भए। रेकर्डिङ हुने दिनहरूमा म समयमै स्टुडियो पुग्थेँ, तर विभिन्न कारणले रेकर्डिङको समय केही घन्टा पछाडि सर्दा कुरिरहनुपर्थ्यो। स्टुडियोका कर्मचारीहरूले मप्रति माया देखाउँदै 'यो बहिनी यहाँ आएर कुरिराखेको हुन्छ, को होला है' भनेर आपसमा कुरा गर्थे। ती दिन कहिल्यै बिर्सिन्नँ।

देशमा संकटकाल लागेकाले केही कुराको लागि पनि अनुकूल समय थिएन। सँगै बजार प्रवर्द्धन गर्ने कुरा भए पनि पछि संगीतकारले आफ्नो पैसा लिएर छुट्टिनुभयो। पहिलो एल्बम भएकाले केही कुराको मेसो नभए पनि जसोतसो एक्लै दौडिएँ। एक वर्षम्म एलबमले बजारमा खासै प्रभाव नपार्दा निराश भएँ म। पछि बिस्तारै निकै हिट भयो। अडियो क्यासेट जम्मा एक लाख र सिडी ६ हजार प्रति बिक्री भयो। सिआरबीटी त्यतिबेला भर्खर प्रचलनमा आए पनि केही पछि मात्रै राखियो। एक लाख ८५ हजार पटकभन्दा बढी डाउनलोड भएछ यो गीत।

एल्बम निकाल्न जम्मा एक लाख रुपैयाँ खर्च भएको थियो। हामी पाँच दिदी-बहिनी भए पनि घरमा छोरीप्रति भेदभाव थिएन। एक जनालाई केही गरिदिँदा सबैलाई उस्तै हुनुपर्ने भएकाले बुवालाई अप्ठेरो नपरोस् भनेर मैले मेरो बिहे गर्ने पैसा एल्बममा लगाउँछु भनेँ। बुबाले इच्छा छ भने गर् भनेर स्वीकृति दिनुभयो।

यो गीतको अँध्यारो पाटो पनि छ। गीत सुनेर नेपालमा एक जना र दार्जिलिङमा दुई जनाले आत्महत्या गरेको कुरा सुनियो। गीतकारको रूपमा स्वार्थवश भन्ने हो यो अँध्यारो पाटो मेरो लागि उज्यालो हो, आफ्नो गीतको शक्ति र सफलता देखिन्छ। तर, मानवीय हिसाबले निकै दुःख लाग्यो। उतिबेला कतिपय नजिकका मान्छेले यसैलाई स्क्यान्डल बनाएर एल्बम अझ हिट बनाउन सुझाव पनि दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तर, कसैको जीवनको मूल्य र मृत्युलाई आफ्नो फाइदाको लागि उपयोग गर्न मन मानेन।

***

धेरै माया दिँदा रै'छन् मुटु जोडेर जानेहरू 
यादमा डुबी बाँच्दा रै'छन् मुटु जोडेर बस्नेहरू 
लाग्ने होइन थकाइ नै पिरतीलाई कुर्नेहरू 
पर्खाइमै मर्दा रै'छन् साँचो माया गर्नेहरू।

छाडिगयौ किन तिमी दुनियाँमा एक्लै मलाई 
आँखाहरू रोइदिन्छ मनले सम्झेर तिमीलाई 
थाहा थियो तिमीबिना बाँच्ने आधार छैन अरु 
तिम्रो वियोगमा जलिरहेँ यत्तिकैमा मर्छु बरु।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दैव पनि भो बैगुनी पारिदियो हाम्रो बिछोड 
सँगै पनि जान दिएन केवल दियो मुटुमा चोट 
पलपल सम्झनामा आउँछौ तिमी म के गरूँ 
साँझमा दियो बाली कुर्छु निभेर जाँदा सँगै मरूँ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, पुस २८, २०७४  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्