काठमाडौं– गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । गीतको अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिएपछि भिडियोका बनाएर सार्वजनिक गरेका हुन् ।यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश गरेका छन् ।
‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ ।
रवि अधिकरीले लेखेको गीतमा टंक बुढाथोकिको संगीत रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।