धनगढी– त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्मीले १४ महिनापछि फुटबलमा फर्किएको थ्रीस्टार क्लबलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलको छैटौं मिनेटमै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाघ सुरुवाती अग्रत दिलाए। ४९ मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। ४ मिनेटपछि थ्रीस्टारले गोल गर्दै खेललाई २–१ को अवस्था ल्यायो। दोस्रो हाफमा आर्मीलाई दबावमा राखेको थ्रीस्टारले दर्जनौ मौका खेर फाल्यो।

आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच भए। म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।जितपछि प्रतिक्रिया दिदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मौदानका कारण शतप्रतिशत खेल्न नसकेपनि जित निकालेकोमा खुसी व्यक्त गरे। थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले रक्षकको गल्तिले गोल खाँदा र खेलको अन्त्यतिर गोल गर्ने मौका चुकाउँदा हार व्यहोरेको बताए।
अन्तिम क्वाटरफाईनलमा शुक्रबार मनाङ मर्स्याङदी र रुपन्देही ११ बीच प्रतिस्पर्धाहुनेछ। आर्मीसँगै सुदुरपश्चिम ११ र एपिएफले अन्तिम चारमा स्थान बनाइसकेका छन्। सेमिफाइनलमा एपिएफ र सुदुरपश्चिम ११ बीच पुस ३० गते खेल हुनेछ। आर्मीले पुस २९ गते मनाङ र रुपन्देही ११ बीचको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।