काठमाडौं– आर्मी र मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ९३–७७ ले पराजित गर्यो। आर्मीको जितमा सदीश प्रधानले २३ अंक योगदान गरे। मध्यमाञ्चलले पनि विभागीय टोली नेपाल प्रहरी क्लबलाई ८६–७० को साँघुरो अन्तरले हरायो। मध्यमाञ्चलका राजिव जोशीले २६ अंक जोडे
महिलामा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलले उपधि भिडन्त पक्का गरे। मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ६८–३३ ले पाखा लगायो। विजेताकी माया राईले ११ स्कोर गरिन्। आर्मी विरुद्धको खेलमा मध्यमाञ्चल ५७–२९ ले विजयी भयो। मध्यमाञ्चलकी लुनिभा सिंहले १४ अंक बटुलिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।