• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गुपचुप आएर तरंग छाडेर गएको एक भ्रमण टोली

64x64
नेपाल लाइभ बुधबार, साउन १, २०७६  १८:१५
1140x725

काठमाडौं- नेपाली मिडियामा तरंग सिर्जना गराउने गरी २८ असारको रात एउटा भ्रमण टोली सुटुक्क नेपाल आयो। 

टोली 'भिआइपी' भए पनि काठमाडौं प्रवेश गर्न उनीहरुले भिआइपी कक्ष प्रयोग गरेनन्। त्रिभुवन विमानस्थलको सर्वसाधारणले आवतजावत गर्ने साधारण कक्ष प्रयोग गरेर त्यहाँबाट बाहिरिए।

टोली ४ दिने नेपाल भ्रमण सकाएर ३१ असारमै स्वदेश फर्किसक्यो। तर, त्यसले छाडेको तरंग अझै शान्त भएको छैन। 

त्यसमा पनि त्यहाँका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा भ्रमण टोलीमा थिए। विभिन्न मन्त्री र सांसद रहेको १५ सदस्यीय टोलीका नेता भने गुयरा थिएनन्। 

शक्तिशाली मन्त्रीसहित आएका गुयरा विशेष सैनिक फौज (कर्प्स अफ स्पेसल इन्सपेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन्, जसले राष्ट्रपति कार्यालयबाट भएका निर्णय कार्यान्वयन एवं प्रभावको सुपरीवेक्षण गर्छ। यस हिबासले शक्तिका मामिलामा उनी कम प्रभावशाली व्यक्ति भने होइनन्। 

उच्चस्तरीय भेट
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन युवा संघ नेपालको च्यानल प्रयोग गरेर नेपाल आएको टोलीले नेकपाका उच्चतहका नेताहरुसँग भेटघाट गर्न भ्यायो। 

२९ असारको बिहान युवा संघले होटल याक एन्ड यतीमा युवा अन्तर्क्रिया कार्यक्रम आयोजना गरी टोलीलाई स्वागत गरेको थियो भने पूर्व प्रधानमन्त्री एवं नेकपाका सचिवालय सदस्य झलनाथ खनाल सो अन्तर्क्रियाका प्रमुख अतिथि थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

टोलीले सोही बिहान अर्का नेता वामदेव गौतम लगायतका किसानका नेतासँग अन्तर्क्रियासमेत गर्‍यो। त्यसपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि टोलीले भेट्यो।

टोलीलाई नेकपाको अर्को भ्रातृ संगठन अनेरास्ववियुले ललितपुरको समिट होटलमा लन्च दियो भने युवा संघले डिल्लीबजारको भोजनगृहमा एउटा सांस्कृतिक कार्यक्रम आयोजना गरि डिनर गरायो।

टोलीले ३० असारको बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनको निवासमै पुगेर भेटघाट गर्‍यो। त्यहाँ प्रचण्डले आफूहरुको साथ भेनेजुएलाको पक्षमा रहेको आश्वासान दिए। 

संघीय संसदका दुवै सदनका प्रतिनिधि र सांसदहरुसँग बिहान भेटेपछि टोली दिउँसो चन्द्रागिरी पुगेर लन्च गर्‍यो। त्यहाँबाट आएर टोलीले साँझ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनौपचारिक रहे पनि भ्रमण टोलीको दौडधुप र भेटघाटको ‘ट्रेन्ड’ हेर्दा यो औपचारिक भ्रमणभन्दा कम भने देखिएन। 

हच्कियो सरकार 
सत्तारुढ दलका (सरकारमा नरहेका) उच्च नेताहरुसँग भेटघाट गरे पनि सकारका कुनै पनि प्रतिनिधिले भेनेजुएलाको टोलीसँग औपचारिक भेट गर्न अस्वीकार गरे। 

नेपाल आमन्त्रण गरेको युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार भ्रमण टोलीले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेट्न चाहेको थियो तर सरकारले त्यसमा ‘रेस्पोन्स’ गरेन। 

आफ्नै पार्टीका उच्च तहका नेताहरुले भेट्दासमेत सरकारले भ्रमण टोलीलाई भेट दिन हच्किनुको कारण केही महिनाअघि प्रचण्डले भेनेजुएला प्रकरणमा दिएको विज्ञप्तिले शक्ति मुलुकसँग निम्त्याएको चिसोपना थियो। 

भेनेजुएलाका नेता निकोलस मादुरोलाई अपदस्त गर्दै विपक्षी दलका नेता जुआन गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि विश्व राजनीति तरंगित बनिरहेका बेला त्यहाँ अमेरिकी हस्तक्षेप रहेको भनी प्रचण्डले कडा विरोध गरेका थिए।  

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली डाभोस सम्मेलनमा सहभागी भइरहेका बेला प्रचण्डले मध्य माघमा विज्ञप्ति जारी गर्दै नेकपा भेनेजुएलाको पक्षमा रहेको प्रस्ट पारे। द्वन्द्वकालका बेलामा अमेरिकाविरुद्ध प्रयोग गर्ने गरेका शब्दावली नै उनले विज्ञप्तिमा प्रयोग गरेका थिए।

‘नेकपा बोलिभियाली रिपब्लिक अफ भेनेजुएला जनतालाई विभाजन गरी आन्तिरिक हिंसा भड्काउने र प्रजातन्त्र, सार्वभौमिकता र शान्तिलाई चुनौती दिने किसिमले त्यहाँको आन्तिरिक मामिलामा संयुक्त राज्य र यसका समर्थकहरुले गरेको हस्तक्षेपको निन्दा गर्दछ,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको थियो। 

प्रचण्डको विज्ञप्तिबाट असन्तुष्ट बनेको अमेरिकास्थित नेपाली दूतावास र काठमाडौंस्थित दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारको धारणाबारे जिज्ञासा राख्दै विश्व राजनीतिमा नेपालको चासो स्पष्ट पार्न दबाब दिएको थियो। 

अमेरिकी असन्तुष्टि बलियोसँग प्रकट भएपछि सरकारले समेत वक्तव्य दियो। सरकारले प्रचण्डकै लाइनमा तर नरम शब्द प्रयोग गरेर ‘भेनेजुएलामा बाह्य हस्तक्षेप हुन नहुने’ आशयको वक्तव्य दियो।

सरकारी वक्तव्यबाट असन्तुष्ट अमेरिकाले परराष्ट्र मन्त्रालयको वक्तव्यलाई ‘प्रचण्डकै वक्तव्यको राम्रो सम्पादन’ को संज्ञा दिएको थियो।  

अमेरिकाले कूटनीतिक च्यानलमार्फत नेताहरूसँग तीव्र असन्तुष्टिसमेत पोखेको थियो। भेनेजुएलाको राजनीतिक यथार्थ नबुझीकनै नेपालका कम्युनिस्ट बहकिएको भन्दै टिप्पणी भएको थियो। 

सरकारका कुनै पनि प्रतिनिधिले भेनेजुएलाको टोलीसँग औपचारिक भेट गर्न अस्वीकार गर्नुको कारण पनि यही हो- फेरि यही विषयले अमेरिकासँगको सम्बन्धमा चिसोपना नआसोस्।  

नेपालसँग जोडिएको भेनेजुएलाको स्वार्थ
नेपाल र भेनेजुएलाबीच सन् १९८७ मा कूटनीतिक सम्बन्ध जोडिए पनि दुई देशबीच त्यस्तै कुनै सम्बन्ध छैन।

नेपालदेखि ८ हजार १ सय १० नटिक माइल्स (सिधा हवाई उडान दुरी) मा रहेको सुदूरपश्चिमको मुलुक हो, भेनेजुएला। तेल उत्पादक मुलुक भए पनि नेपालको कारोबार भने भेनेजुएलासँग छैन। 

त्यति हुँदाहुँदै पनि भेनेजुएलाको टोलीले नेपाल भ्रमणलाई उच्च महत्व दिनुको स्वार्थ के? देशमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला त्यहाँका राष्ट्रपति निकोलस मादुरोको शासन संकटमा छ। 

देशभित्रै पनि चरम गरिबी र भ्रष्टाचार भएपछि जनतामा पनि असन्तुष्टि छ। त्यसैलाई मुद्दा बनाएर विशेषगरी कम्युनिस्ट मुलुक इतरका मुलुकले मादुरोमाथि सत्ता छोड्न दबाब बढाइरहेका छन्। 

नेपाल जस्ता देशबाट आफ्नो शासनसत्ताका लागि समर्थन पाउनु राष्ट्रपति मादुराको स्वार्थ हो। भेनेजुएलाको टोली नेपाल भ्रमणमा आउने पुष्ठभूमिलाई नियाल्दा पनि त्यो थाहा हुन्छ। 

डेढ महिनाअघि नेकपाका दुई भ्रातृ संगठन युवासंघ र अनेरास्ववियुबाट ५ जना भेनेजुएला भ्रमणमा गएका थिए।

एउटा अन्तर्राष्ट्रिय संस्था छ ‘वर्ल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ’मा युवा संघ र भेनेजुएलाको जेपिएसयुभी पनि सदस्य छन्। 

त्यहाँ गएका बेला एउटा औपचारिकता निर्वाह गर्न युवा संघले नेपाल भ्रमणको निम्तो दिएको थियो। तर, त्यही निम्तोलाई आधार मानेर औपचारिक पत्र नै लेखेर भेनेजयुएलाको टोली नेपाल भ्रमणमा आयो। 

सरकारका प्रतिनिधिसँगै भेटेर आफूहरुलाई सरकारकै समर्थन रहेको अर्थ्याउन चाहेको भए पनि उनीहरुले भने जस्तो भएन। नेपाललगत्तै उक्त टोली कम्युनिस्ट शासन भएका भनिने चीन, रुस र उत्तर कोरियासमेत जाँदैछन्।

कूटनीतिक असर
भेनेजुएलामाथिको यसअघिको विज्ञप्तिकै कारण अमेरिकासँग सम्बन्ध चिसिएको पृष्ठभूमि रहेका बेला त्यही देशको टोली नेपाल आउँदा यसले कूटनीतिमा असर पुर्‍याउन सक्ने टिप्पणी र चिन्ता प्रकट भएका छन्। 

सत्तामा आएका दलको राजनीतिक दर्शन जेसुकै भए पनि त्यो कूटनीतिमा झल्किनु हुँदैन भन्ने एउटा सर्वमान्य अभ्यास छ। ‘हामी युवाहरुले त्यहाँका युवासँग सम्बन्ध राखेको मात्रै हो,’ युवा संघका संयोजक दीपशिखा भन्छन्, 'युवाले युवा संगठनसँग सम्बन्ध गाँस्ने कुराले खास केही असर गर्दैन।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कुनै मुलुकबाट नेपालमा भ्रमणमा आउनु अस्वाभाविक नभए पनि सरकार भने यस्ता विषयमा सचेत हुनुपर्ने बताउँछन्। 

‘नेपाल एउटा खुला, स्वतन्त्र, सार्वभौम राष्ट्र हो,’ उनी भन्छन्, ‘त्यसकारण लोकतान्त्रिक शासन प्रणाली भएका देशबाट पनि आउँछन्। कम्युनिस्ट देश, निरंकुश शासनसत्ता भएका देशबाट पनि आउँछन्। मादुरोका छोरा हुन् या अरु कुनै, नेपाल आउने पाउनलाई हाम्रो स्वागत नै हुन्छ। मात्रै के हो भने, जुन विवादास्पद पृष्ठभूमि गाँसिएको छ, त्यो बेलामा सरकारले आफ्नो हिसाबले सर्तकता अपनाउनुपर्ने हो।’ 

कुन देशमा कुन शासन प्रणाली रहने भन्ने त्यो सम्बन्धित देशको आन्तरिक मामिला भएको उनको भनाइ छ। 

‘यस्तो कुराहरुमा औपचारिक ढंगकै टिप्पणी जरुरी हुन्न,’ शर्माको भनाइ छ, ‘उनीहरुको देशको विषय आन्तरिक मामिला हो। तर, पनि हामी केमा विश्वास गर्छौं भने, संसारभर नै लोकतान्त्रिक शासन प्रणाली रहोस्, नागरिकको हकअधिकार रहोस्। त्यो त्यहाँ छ कि छैन भन्ने मुल कुरा हो।’

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्