• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्पविरुद्ध अमेरिकी सदनमा खेद प्रस्ताव पारित, सांसद भन्छन्- ट्रम्प देश विभाजन गराउन चाहन्छन्

64x64
नेपाल लाइभ बुधबार, साउन १, २०७६  १३:५५
1140x725

वासिङ्टन- ४ महिला सांसदमाथि कथित नस्लीय टिप्पणी गरेपछि अमरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको निन्दा गर्दै खेद प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा ट्रम्पको टिप्पणीलाई नस्लवादी र विदेशी नागरिकमाथि घृणा गर्ने शैलीबाट आएको बताउँदै भनिएको छ- 'यो भनाइले नयाँ अमरिका माथिको भय र घृणालाई वैध करार गर्छ।'

कंग्रेसमा उक्त प्रस्तावको पक्षमा २ सय ४० भोट खसेको थियो। जसमा १ सय ८७ प्रजातान्त्रिक सांसदहरुले भोट हालेका थिए। ४ सय ३५ सदस्य रहेको यो सदनमा ६ जनाले भोट गर्न पाउँदैनन्। २ सय १८ सांसद पक्षमा रहे कुनै प्रस्ताव बहुमतले पारित हुन्छ।

ट्रम्पले चार महिला सांसद, जो अमरिकी नागरिक थिए, लाई इन्गित गर्दै अमरिका छोड्ने सल्लाह दिएका दिए।

ट्रम्पको सो ट्विटलाई लिएर व्यापक आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरु ट्रम्पलाई नस्लवादीको संज्ञा दिइरहेका छन्। जसको जवाफमा ट्रम्पले रिट्विट गर्दै आफू नस्लवादी नभएको जिकिर गरेका छन्। 'त्यो ट्विट नस्लवादी थिएन, म नस्लवादी होइन,' ट्रम्पले भनेका छन्।

अमेरिकी कंग्रेसमा आफ्नो अभिव्यक्ति विरुद्ध सांकेतिक प्रस्ताव पेस गर्ने तयारी भइरहँदा उनले आफ्नो बचाउ गरेका थिए।

उक्त प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी मान्यता रहँदैन। तर, प्रजातान्त्रिक विचारधारा मान्ने सांसदहरुको बहुमत रहेकोले पनि यो प्रस्ताव पारित भएको मानिएको छ।

Ncell 2
Ncell 2

यसअघि ट्रम्पको निशानामा परेका ४ महिला सांसदहरु एलेक्जेन्ड्रिया ओकासियो कोरटेज, रशीदा तलीब, अइयाना प्रेस्ली र इल्हान ओमारले उनको टिप्पणीलाई ध्यान भड्काउने खालको भएको प्रतिक्रिया दिएका थिए। उनीहरुले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त भनाइलाई नजरअन्दाज गर्न अमेरिकी जनतासामु अपिल गरेका थिए।

राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो ट्विटमा यी महिलाको सांसदको नाम भने उल्लेख गरेका थिएनन्। तर, ट्विटमा उठाइएको प्रसंगका आधारमा मानिसहरुले उक्त ट्विट उनै प्रजातान्त्रिक महिला सांसदहरु प्रति नै लक्षित रहेको बताएका/बुझेका थिए।

ट्रम्पले ट्विटमा 'ती महिला सांसदहरु मुलरुपमा यस्तो देशका हुन्, जसका सरकारहरु पूरापूर विनाशकारी सोचयुक्त छन्' भनेपछि विवादमा मुछिएका थिए। जबकि यी महिला सांसदमध्ये ३ महिलाको जन्म अमेरिकामै भएको हो र एकको जन्म सोमालियामा भए पनि बाल्यकालदेखि नै अमेरिकामा छिन्।

महिला सांसदहरुको टिप्पणीपछि ट्रम्पले ट्विटमा भनेका थिए, 'यदि तपाईं खुसी हुनहुन्न, हर समय आलोचना मात्रै गर्नुहुन्छ भने तपाईं जान सक्नुहुन्छ।'

विवाद बढेपछि चारै जना महिला सांसदले पत्रकारसमक्ष आफूहरुले 'राष्ट्रपतिबाट आफ्ना नीतिहरुमा पुनः ध्यान जाओस्' भन्ने चाहेको बताएका थिए। सांसद प्रेस्लीले भनिन्- 'यो भयंकर अराजकता र ट्रम्प प्रशासनको भ्रष्ट संस्कृतिबाट ध्यान भड्काउन गरिएको एक कोशिस मात्र हो।'

तलीब र ओमारले ट्रम्पका विरुद्ध महाभियोग चलाउन सकिने दोहोर्‍याएका थिए। सांसदहरुको भनाइको प्रतिक्रियास्वरुप मंगलबार ट्रम्पले सांसदहरुले निकै खराब तथा घृणित कुरा गरेको टिप्पणी गरेका थिए।

'ट्रम्प देशलाई विभाजन गराउन चाहन्छन्'
सांसद प्रेस्लीले राष्ट्रपति ट्र‍म्पको टिप्पणीको खण्डन गर्दै आफूहरुलाई दबाउन र आवाज बन्द गराउने प्रयास भएको बताइन्। उनले आफूहरु पक्षमा न्यायसंगत दुनियाँ देख्न चाहने हर कोही व्यक्ति रहेको दाबी गरिन्।

चारै जना सांसदहरुले स्वास्थ्य सेवा, गोली प्रहार गरी हुने हिंसा र विशेषरुपमा मेक्सिकोबाट अमेरिका छिर्न चाहने आप्रवासीहरुमाथि लगाइने रोकका सम्बन्धमा सरकारलाई केन्द्रित हुन आग्रह गरेका थिए। ओमारले भनिन्, 'इतिहासको आखाँले हामीलाई देखिरहेको छ। विशेषगरी सीमामा आप्रवासीहरुमाथि अधिक संख्यामा भइरहेको मानवअधिकार उल्लंघनको घटनाको म निन्दा गर्दछु।'

ट्रम्पले गैर-युरोपेली तथा अमरिकी महिलामाथि भएको 'नस्लीय हमला' श्वेत राष्ट्रवादीको एजेन्डा भएको समेत उनको ठहर थियो। सांसद ओमारले भनिन्, 'राष्ट्रपति ट्रम्प देशलाई विभाजन गराउन चाहन्छन्।'

आप्रवाशीको मुद्दा उठेपछि ट्रम्पको असन्तुष्टि
शुक्रबार कोरटेज, तलीब र प्रेस्लीले सदनको समिति बैठकमा एक आप्रवाशी सुरक्षा केन्द्रको अवस्थाको दुर्दशाको बारेमा कुरा उठाएका थिए। यी तीनै सांसदले सो क्षेत्रको अवलोकनपछि मात्रै यस सम्बन्धमा कुरा उठाएको बताइएको छ।‍

बैठकमा उनीहरुले अमेरिकाको झन्डामुनि नै आप्रवाशीहरुमाथि गलत व्यवहार भएको भन्दै चिन्ता प्रकट गरेका थिए।

राष्ट्रपति ट्रम्पले उनीहरुको सवालमाथि ट्विट गर्दै आप्रवाशीका लागि बनाइएका सुरक्षा केन्द्रहरुमा बालकालिकाहरु रहने 'सेल्टर' अति नै राम्रो भएको प्रतिक्रिया मिलेको जनाएका थिए। तर, जहाँ बालबालिका बाहेकका व्यक्तिलाई राखिएको छ त्यस्ता केन्द्रहरुमा भने अपराधको दर बढी भएको उनले उल्लेख गरेका थिए।

ट्रम्पले अमेरिकी सीमा क्षेत्रले अहिले संकटको सामना गरिरहेको बताउँदै सो स्थानमा खटिने सीमा सुरक्षा अधिकारी र कर्मचारीको बजाउ गरे।

ट्रम्प प्रशासनले हालै मात्र एक नियम बनाएको छ। जो मंगलबारदेखि कार्यान्वयनमा आइसकेको छ।

उक्त नियमअनुसार अमेरिका प्रवेशका लागि आवेदन दिएका यस्ता व्यक्तिलाई शरण दिइने छैन, जो अमेरिकाको दक्षिणी सीमा पार गर्नुभन्दा पहिले कम्तीमा एक तेस्रो मुलुकमा सुरक्षाका लागि आवेदन दिएको नहोस्।

न्युजिल्यान्ड, क्यानडासमेत धेरै देशहरुले ट्रम्पको टिप्पणीको आलोचना गरेका छन्।

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालुवाटार छिरे बालेन
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने
सम्बन्धित सामग्री
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरू आवागमन ग... बिहीबार, चैत १२, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्... बुधबार, चैत ११, २०८२
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प ७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ । मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्