बार्सिलोना– स्पेनिस महारथी बार्सिलोनाले डिफेन्डर येरी मिनासँग सम्झौता गरेको छ। बार्सिलोनाले बिहीबार कोलम्बियन डिफेन्डर मिनासँग ११.८ मिलियन युरोमा सम्झौता गरेको जनाएको हो। ५ वर्ष ६ महिनाका लगि मिना ब्राजिलियन क्लब पालमेइराबाट बार्सिलोनामा आबद्ध हुन लागेका हुन्।
सन् २०१८ मा बार्सिलोनाले दोस्रो खेलाडीसँग सम्झौता गरेको हो। यसअघि बार्सिलोनाले इंग्लिस क्लब लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होलाई भित्र्याएको थियो।
२३ वर्षीय डिफेन्डरले अब बार्सिलोनामा अर्जेन्टाइन डिफेन्डर जाभियर मास्चिरानोको स्थान लिनेछन्। मास्चिरानोले जनावरी ट्रान्स्फर विन्डोमा चाइनिज सुपर लिग क्लब हेवेइ चाइनासँग सम्झौता गर्ने बताएको छ। मास्चिरानोले सिजनका ६ पटक मात्र पहिलो रोजाइमा रहेर खेल्ने अवसर पाएका थिए।

सेन्ट्रल डिफेन्डरको भूमिका रहेने १.९५ मिटर अग्ला मिना अहिलेको बार्सिलोनाको टिमका सबैभन्दा अग्ला खेलाडी बनेका छन्। कोलम्बियाको राष्ट्रिय टिममा सन् २०१६ डेब्यु गरेका मिनाले ९ क्याप जित्दै ३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। मिना खेलका दौरान नाचेर सेलिब्रेसन गर्न माहिर मानिन्छन्। उनको नाच सामाजिक सञ्जाल लोकप्रिय बन्ने गरेको छ।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।