टोकियो– जापानका स्ट्राइकर काजुयोसी मिउराले लगातार ३३औं सिजन फुटबल खेल्नका लागि सम्झौता गरेका छन्। अर्को महिना ५१ वर्ष टेक्न लागेका उनले जापानको दोस्रो डिभिजनको क्लब योकोहामा एफसीका लागि सम्झौता गरेका हुन्।
सन् १९८६ देखि फुटबल अरिअर सुरु गरेका उनले सम्झौतापछि अझै फुटबल खेलिरहने विश्वास व्यक्त गरेका छन्। 'सधैं मनबाट फुटबल खेल्ने छु। अझै खेलिरहन सक्छु भन्ने आसा छ,' काजुयोसीले जापानिज समाचार संस्था क्योदो न्युज एन्जेसीलाई भनेका छन्।
१९९६ मा ब्राजिलियन क्लब सान्तोसबाट करिअर सुरु गरेका काजुयोसीले सन् २००५ देखि योकोहामाबाट खेलिरहेका छन्। त्यसअघि उनले इटालिनय क्लब जेनोआबाट १९९४ र क्रोएसियाको डाइनामो जर्गेभबाट १९९९ मा खेलेका थिए।
जपानको माथिल्लो डिभिजनको जे लिगमा उनले १ सय ३९ गोल गरेका उनी जे लिगमा बढी गोल गर्ने खेलाडीको सूचीमा छैटौं स्थानमा छन्।
जापानको राष्ट्रिय टिममा १९९० देखि २००० सम्म खेलेका उनले ८९ क्याप जित्दै ५५ अन्तर्राष्ट्रिय गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।