पेरिस- फ्रान्सका वातावरणमन्त्री फ्रास्वाँ दे रगीले बिहीबार राजीनामा दिएका छन्।
मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ।
मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आएका छन्। उनले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’को संज्ञा दिएका छन्।
सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले दाबी गरेका छन्।
'मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज बिहान (मङ्गलबार) बुझाएको छु,' रगीले स्पष्ट पारे। उनले विदेश मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।