काठमाडौं- पर्यटन वर्ष २०२० लक्षित सिन्धुपाल्चोक चिनाउने गीति वृत्तचित्र सार्वजनिक भएको छ। पर्यटन वर्षमा सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याउने उद्देश्यले जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले निर्माण गरेको गीति वृत्तचित्र 'जय जन्मभूमि जय सिन्धुभूमि' सार्वजनिक भएको हो।
गायक तथा संगीतकार प्रेमध्वज प्रधानका साथै चन्द्रसिं घले र मिना सिंहले सो वृत्तचित्रको गीतमा स्वर भरेका छन्। सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दमा चन्द्रसिंले संगीत भरेका हुन्। एक साता लगाएर गीति वृत्तचित्रका लागि दृश्य कैद गरिएको भिडियोको सम्पादन उत्तर रानामगरले गरेका छन्। सन्तोष दाहालले खिचेको ड्रोनमा मिलन शंकरले क्यामेराका साथै र वृत्तचित्रको निर्देशन गरेका हुन्।
सिन्धुपाल्चोक विभिन्न जातजातिको संस्कृति झल्काउने स्थानसमेत भएको पहिचान र संस्कृतिसमेत समावेश गरिएको बताइएको छ। दृष्यमा तामाङ, नेवार, शेर्पा, घलेलगायतको संस्कृति उजागर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।