पेरिस- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेञ्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पिएसजीले अर्मेन्सलाई २-० ले पराजित गर्दै अन्तिमा चारमा स्थान पक्का गरेको हो।
पिएसजीको जितमा स्टार खेलाडी नेइमारले ५३ मिनेटमा पेनाल्टीमार्फत र एड्रिएन राबिओटले ७८ मिनेटमा गोल गरेका थिए।
योसँगै नेइमारले पिएसजीका लागि सबै प्रतियोगितामा गोल गर्न सफल भए। यहि सिजन पिएसजीमा आबद्ध भएका उनले यसअघि फ्रेञ्च लिग वान, च्याम्पियन्स लिग र फ्रेञ्च कपमा गोल गरिसकेका छन्।
चार वटै प्रतियोगितामा गोल गरेपछि नेइमारले अनौठो शैलीमा खुसी मनाएका थिए। उनले आफ्नो बुट टाउको राखेर समर्थकलाई देखाएका थिए। नेइमारले सिजनमा सबै प्रतियोगितामा गरी २० गोल गरिसकेका छन्।
फ्रेञ्च लिग कपमा लगातार चौथो उपाधि जित्ने अभियानमा रहेको पिएसजी कपको पछिल्ला ३५ खेलमा अपराजित छ।
अब सेमिफाइनलमा पिएसजीले रेनेससँग खेल्नेछ। अर्को सेमिफाइनलमा मोनाकोले मोन्टेपेलियरसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।